विवादित व्यापारीले दिएको करोडौँको गाडीबारे जवाफ नदिएरै पन्छिए बालेन्द्र « Khabarhub

विवादित व्यापारीले दिएको करोडौँको गाडीबारे जवाफ नदिएरै पन्छिए बालेन्द्र


११ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


714
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साह विभिन्न मुद्दासमेत खेपेका विवादास्पद व्यापारीले दिएको करोडौंको गाडी चढेकोबारे पत्रकारले सोधेको प्रश्न जवाफ नदिई पन्छिएका छन् ।

झापा क्षेत्र नम्बर ५ सहित कोशी प्रदेशका विभिन्न जिल्ला घुमेर आएका उनले आइतबार ललितपुरको ज्वागलस्थित सहयोगी कुमार बनेको घरमा बसेका उनलाई त्यहाँबाट बाहिरिने क्रममा पत्रकारले घेरे।

प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारी र रणनीतिबारे छलफललका क्रममा साहले यसपालीको चुनावमा रास्वपाले स्पष्ट बहुमत ल्याएर सरकार बनाउने बताए। तर उनैले जवाफदेही नबनी पत्रकारको प्रश्नको उत्तर नदिइ सहयोगी कुमार बेनलाई पछि लगाउँदै सेतो रंगको गाडी चढेर हिँडे ।

कुमार बेनको घरबाट बाहिर निस्किने क्रममा पत्रकारले उनलाई सोधे, ‘तपाईंले व्यापारीले दिएको करोडौंको गाडी चढेको कुरा आएको छ नि, गाडीबारे विवाद आइरहेको छ नि, जवाफ दिनुस् न।’

तर बालेन सकेसम्म पत्रकारले नभेटुन् भनेर हतार हतार गाडीतिर दौडिए । उनलाई पत्रकारबाट जोगाउन सहयोगी छल्दै छल्दै लगे । सुरूमा पत्रकार बुम तेर्स्याउँदै प्रश्न गरे पनि उनी जवाफ दिन तयार भएनन् ।

त्यसपछि अर्को पत्रकारले कडा स्वरमा उनलाई सोध्छन्, ‘आठ करोडको गाडी चढ्नु भएको कुरा आएको छ, यसमा जवाफ दिनुपर्यो नि!’ तर यो कडा प्रश्नको पनि उनी सामना गर्न, प्रतिरक्षा गर्न तयार भएनन् । बरू सहयोगीले घेरिएर अघि बढिरहे । पत्रकारका ती प्रश्नको जवाफ नदिई आफूलाई भावी प्रधानमन्त्री भनिरहेका बालेन चुपचाप ज्वागलबाट गायब भए ।

चुनावको प्रचारप्रसारका लागि बालेनले चढेको बागमती प्रदेश ०१ ०३३ च ४३४३ नम्बरको कालो रङको ल्यान्ड रोभर डिफेन्डर विवादित व्यापारी कमलकिशोर मालपानीको भएको खुलिसकेको छ ।

जगुरा ल्यान्ड रोभर लिमिटेडको उत्पादन डिफेन्डरको नेपाली मूल्य ८ करोड रुपैयाँको भनिएको छ। तर यस गाडीको वास्तविक बिक्री मूल्य ४ करोड २९ लाख रहेको खुलेको छ । नेपालमा डिफेन्डर ४ युनिट आयात गरिएको छ ।

मालपानी केही वर्षअघि मात्र मानपदवी जनसेवाश्री पदकबाट सम्मानित भएका थिए । उनीविरुद्ध २०७६ सालमा कर छली तथा झुट्टा (नक्कली भ्याट)को मुद्दा रास्व अनुसन्धान विभागले मुद्दा चलाएको थियो।

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि रास्वपाका बालेन्द्रले झापा–५ बाट उम्मेदवारी दिएका छन्। जहाँ उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई टक्कर दिँदैछन् ।

प्रकाशित मिति : ११ माघ २०८२, आइतबार  ५ : १६ बजे

उता खरिपाटीमा सुकुम्वासी फकाउन आधा दर्जन मन्त्री, यता बूढानीलकण्ठको दैलोमा बालेन

काठमाडौं- सुकुम्वासी र निम्न वर्गका जनतामाथि राज्यबाटै थिचिमिचो गरेर विचल्ली

पर्वतको मोदीखोलामा बाढी, सतर्कता अपनाउन आग्रह

पर्वत– कास्की र पर्वत हुँदै बग्ने मोदीखोलामा भारी वर्षाका कारण

सुकुम्वासी बालबालिकाको वर्तमान र भविष्य दुवै बर्बादीतिर

काठमाडौं- कीर्तिपुरस्थित राधास्वामी सत्सङ्ग आश्रमको होल्डिङ सेन्टरको गेटमा हिलाम्मे कपडामा

सुकुम्वासी समस्याको दीर्घकालीन समाधानका लागि सरकार गम्भीर छ: गृहमन्त्री

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले सुकुम्वासी समस्याको दीर्घकालीन समाधानका लागि सरकार

तीन विद्यालयलाई शैक्षिक सहयोग

काठमाडौं– स्वस्तिश्री गुरुकुल आइबी कन्टिन्युम स्कुल र प्राइम कमर्सियल बैंक लिमिटेडको