विवादित व्यापारीले दिएको करोडौँको गाडीबारे जवाफ नदिएरै पन्छिए बालेन्द्र « Khabarhub

विवादित व्यापारीले दिएको करोडौँको गाडीबारे जवाफ नदिएरै पन्छिए बालेन्द्र


११ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


573
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साह विभिन्न मुद्दासमेत खेपेका विवादास्पद व्यापारीले दिएको करोडौंको गाडी चढेकोबारे पत्रकारले सोधेको प्रश्न जवाफ नदिई पन्छिएका छन् ।

झापा क्षेत्र नम्बर ५ सहित कोशी प्रदेशका विभिन्न जिल्ला घुमेर आएका उनले आइतबार ललितपुरको ज्वागलस्थित सहयोगी कुमार बनेको घरमा बसेका उनलाई त्यहाँबाट बाहिरिने क्रममा पत्रकारले घेरे।

प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारी र रणनीतिबारे छलफललका क्रममा साहले यसपालीको चुनावमा रास्वपाले स्पष्ट बहुमत ल्याएर सरकार बनाउने बताए। तर उनैले जवाफदेही नबनी पत्रकारको प्रश्नको उत्तर नदिइ सहयोगी कुमार बेनलाई पछि लगाउँदै सेतो रंगको गाडी चढेर हिँडे ।

कुमार बेनको घरबाट बाहिर निस्किने क्रममा पत्रकारले उनलाई सोधे, ‘तपाईंले व्यापारीले दिएको करोडौंको गाडी चढेको कुरा आएको छ नि, गाडीबारे विवाद आइरहेको छ नि, जवाफ दिनुस् न।’

तर बालेन सकेसम्म पत्रकारले नभेटुन् भनेर हतार हतार गाडीतिर दौडिए । उनलाई पत्रकारबाट जोगाउन सहयोगी छल्दै छल्दै लगे । सुरूमा पत्रकार बुम तेर्स्याउँदै प्रश्न गरे पनि उनी जवाफ दिन तयार भएनन् ।

त्यसपछि अर्को पत्रकारले कडा स्वरमा उनलाई सोध्छन्, ‘आठ करोडको गाडी चढ्नु भएको कुरा आएको छ, यसमा जवाफ दिनुपर्यो नि!’ तर यो कडा प्रश्नको पनि उनी सामना गर्न, प्रतिरक्षा गर्न तयार भएनन् । बरू सहयोगीले घेरिएर अघि बढिरहे । पत्रकारका ती प्रश्नको जवाफ नदिई आफूलाई भावी प्रधानमन्त्री भनिरहेका बालेन चुपचाप ज्वागलबाट गायब भए ।

चुनावको प्रचारप्रसारका लागि बालेनले चढेको बागमती प्रदेश ०१ ०३३ च ४३४३ नम्बरको कालो रङको ल्यान्ड रोभर डिफेन्डर विवादित व्यापारी कमलकिशोर मालपानीको भएको खुलिसकेको छ ।

जगुरा ल्यान्ड रोभर लिमिटेडको उत्पादन डिफेन्डरको नेपाली मूल्य ८ करोड रुपैयाँको भनिएको छ। तर यस गाडीको वास्तविक बिक्री मूल्य ४ करोड २९ लाख रहेको खुलेको छ । नेपालमा डिफेन्डर ४ युनिट आयात गरिएको छ ।

मालपानी केही वर्षअघि मात्र मानपदवी जनसेवाश्री पदकबाट सम्मानित भएका थिए । उनीविरुद्ध २०७६ सालमा कर छली तथा झुट्टा (नक्कली भ्याट)को मुद्दा रास्व अनुसन्धान विभागले मुद्दा चलाएको थियो।

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि रास्वपाका बालेन्द्रले झापा–५ बाट उम्मेदवारी दिएका छन्। जहाँ उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई टक्कर दिँदैछन् ।

प्रकाशित मिति : ११ माघ २०८२, आइतबार  ५ : १६ बजे

बीबीसी ‘भ्वाइस अफ इन्डिया’ का संस्थापक मार्क टुलीको निधन

नयाँ दिल्ली – ‘भ्वाइस अफ इन्डिया’ भनेर लाखौँले चिन्ने दक्षिण

‘फेक रेस्क्यू’को नक्कली कागजात बनाएर करोडौँ ठगी, ६ जना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले ‘फेक रेस्क्यू’ गरी नक्कली कारोबार गर्ने

देउवाको निर्णय गगनले कार्यान्वयन गर्दा राष्ट्रिय सभामा पहिलो दल बन्यो कांग्रेस

काठमाडौं– राष्ट्रियसभाको रिक्त १९ मध्ये १८ सिटका लागि आइतबार आएको

उपचारका क्रममा किशोरीको मृत्यु भएपछि अवस्था तनावग्रस्त

बरहथवा– सर्लाहीको लालबन्दी नगरपालिकास्थित नवलपुरमा एक किशोरीको उपचारका क्रममा मृत्यु भएपछि