ओलीको सचिवालयबाट राष्ट्रिय सभाको यात्रा तय गरिन् रोशनी मेचेले « Khabarhub

ओलीको सचिवालयबाट राष्ट्रिय सभाको यात्रा तय गरिन् रोशनी मेचेले


११ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय सभा सदस्यमा कोशी प्रदेशबाट रोशनी मेचे निर्वाचित भएकी छन् । नेकपा एमालेकी उम्मेदवार उनी कोशी प्रदेशमा महिलातर्फको समूहबाट राष्ट्रिय सभामा निर्वाचित भएकी हुन् ।

देशका सातै प्रदेशमा आइतबार भएको राष्ट्रिय सभा निर्वाचनमा नेपाली कांग्रेस र एमालेबीच गठबन्धन भएको थियो । यो गठबन्धनको सहमति कांग्रेस सभापतिमा गगन थापा आउनुअघि नै भएको थियो ।

मेचे नेकपा एमालेको जनसंगठन लोकतान्त्रिक आदिवासी, जनजाति महासंघको केन्द्रीय कमिटी सदस्य पनि हुन् ।

मेचेले एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला सचिवालयमा रहेर काम गरेकी थिइन् ।

दलिततर्फको नतिजा आउन बाँकी छ । उता अन्यतर्फ नेपाली कांग्रेसका सुनिल थापा यअसघि नै निर्विरोध निर्वाचित भएका थिए । नेकपाका उम्मेदवार समयमा मनोनयन गर्न नआइपुग्दा थापा निर्विरोध भएका थिए ।

प्रकाशित मिति : ११ माघ २०८२, आइतबार  ५ : ५९ बजे

जनकपुरले एकै ओ‌भरमा गुमायो दुई विकेट, परेरा र अली आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

दसैँ बिदाका कारण हेटौँडामा रगत अभाव

बागमती– दसैँं बिदाका कारण हेटौँडामा रगतको अभाव भएको छ ।

जनकपुरले गुमायो चौथो विकेट, मोइन अली आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो तेस्रो विकेट, अनिल साह आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली