ओलीको सचिवालयबाट राष्ट्रिय सभाको यात्रा तय गरिन् रोशनी मेचेले « Khabarhub

ओलीको सचिवालयबाट राष्ट्रिय सभाको यात्रा तय गरिन् रोशनी मेचेले


११ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय सभा सदस्यमा कोशी प्रदेशबाट रोशनी मेचे निर्वाचित भएकी छन् । नेकपा एमालेकी उम्मेदवार उनी कोशी प्रदेशमा महिलातर्फको समूहबाट राष्ट्रिय सभामा निर्वाचित भएकी हुन् ।

देशका सातै प्रदेशमा आइतबार भएको राष्ट्रिय सभा निर्वाचनमा नेपाली कांग्रेस र एमालेबीच गठबन्धन भएको थियो । यो गठबन्धनको सहमति कांग्रेस सभापतिमा गगन थापा आउनुअघि नै भएको थियो ।

मेचे नेकपा एमालेको जनसंगठन लोकतान्त्रिक आदिवासी, जनजाति महासंघको केन्द्रीय कमिटी सदस्य पनि हुन् ।

मेचेले एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला सचिवालयमा रहेर काम गरेकी थिइन् ।

दलिततर्फको नतिजा आउन बाँकी छ । उता अन्यतर्फ नेपाली कांग्रेसका सुनिल थापा यअसघि नै निर्विरोध निर्वाचित भएका थिए । नेकपाका उम्मेदवार समयमा मनोनयन गर्न नआइपुग्दा थापा निर्विरोध भएका थिए ।

प्रकाशित मिति : ११ माघ २०८२, आइतबार  ५ : ५९ बजे

मोबाइलको कभर र सिसा फेर्दा ३५० तिरेका पुडासैनीलाई १० लाखको बम्पर उपहार

काठमाडौँ । करदाता प्रोत्साहन पुरस्कार अन्तर्गत साउन महिनाको दोस्रो बम्पर

राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

काठमाडौँ । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

गोरखामा चट्याङ लागेर दुईजना घाइते

काठमाडौँ । चट्याङ लागेर बुधबार गोरखामा दुईजना घाइते भएका छन्

आशिका तामाङले भनिन् : अबदेखि भद्र र मर्यादित बन्ने कोसिस गर्छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले अबदेखि

सरकारी निकायमा स्वदेशी वस्तुको प्रयोग गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन तथा स्वदेशी उद्यमी र