कञ्चनपुरको मणिकाधाममा विद्युत् सेवा विस्तार « Khabarhub

कञ्चनपुरको मणिकाधाममा विद्युत् सेवा विस्तार


१३ फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–८ स्थित धार्मिक पर्यटकीय क्षेत्र मुडका (मणिका धाम)मा पहिलोपटक नियमित विद्युत् सेवा पुगेको छ । यस अगाडि भक्तजन अँध्यारोमा पूजाआराधना गर्न बाध्य थिए ।

नेपाल विद्युत् प्राधिकरण महेन्द्रनगर वितरण केन्द्रले करिब ६५ लाख लागतमा मुडकादेखि धारापानीसम्म करिब पाँच किलोमिटर क्षेत्रमा ८२ पोल जडान गरी ‘ट्रान्सफर्मर’ स्थापना गरेर विद्युत् आपूर्ति सुरु गरेको छ । पोल गाड्ने, तार तान्ने, इन्सुलेटर जडान गर्ने र ट्रान्सफर्मर राख्ने सम्पूर्ण काम ठेक्का प्रक्रियामार्फत सम्पन्न गरिएको हो ।

विद्युत् सेवा विस्तारसँगै मन्दिर परिसर, नवनिर्मित भजनघर तथा आसपासका क्षेत्रमा बल्ब जडान गरी क्षेत्र झिलीमिली बनाइएको छ । यसअघि साँझपख पूजा, आरती र धार्मिक कार्यक्रम सञ्चालन गर्न कठिनाइ हुने गरेकामा अब सहज भएको स्थानीयवासी बताउँछन् ।

वडा ९ नम्बरका अध्यक्ष रमेशबहादुर ऐरले विद्युत् सेवा विस्तारले धार्मिक गतिविधि सञ्चालनमा सहजता ल्याएको उल्लेख गरे ।

‘पहिले अँध्यारोका कारण भक्तजनले सास्ती खेप्नुपर्दथ्यो, अब मन्दिर परिसर उज्यालो बनेको छ’, उनले भन्नुभयो । धाम क्षेत्रका पूर्वध्यक्ष भरतबहादुर ऐरका अनुसार विद्युत् सेवा पुगेपछि धाम क्षेत्रमा हुने धार्मिक कार्यक्रम, सत्सङ्ग तथा भजनकीर्तन रातिको समयमा पनि व्यवस्थित रूपमा सञ्चालन गर्न सकिने भएको छ । नयाँ बनेको भजनघर र मन्दिर वरपर बल्ब जडान गरी धाम क्षेत्र झिलीमिली बनाएका छौँ ।

धार्मिक तथा पर्यटकीय दृष्टिले महत्त्वपूर्ण मानिएको मणिका धाममा हरेक वर्ष फागुन शुक्ल पक्षको नवमीको राति र दशमीको दिन परम्परागत मेला (जाँत) लाग्ने गर्दछ । यस वर्ष फागुन १३ (आज) र १४ गते मेला आयोजना हुँदैछ । बैजनाथ बाबाको दर्शन गर्दा इच्छित फल प्राप्त हुने विश्वासले नेपाल र भारतका हजारौँ दर्शनार्थी यहाँ आउने गर्दछन् ।

झिलीमिली उज्यालोले अब मणिका धामलाई अझ आकर्षक बनाएको छ र क्षेत्रको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास लिइएको छ । विद्युत् सेवा विस्तारसँगै यस वर्षको मेलामा रातिको समयमा आउने भक्तजनले अँध्यारोको सास्ती खेप्न नपर्ने भएको छ । विद्युत् सेवा विस्तारसँगै धार्मिक कार्यक्रम, रातको पूजा, मेला सञ्चालन र स्थानीय व्यापार–व्यवसायमा नयाँ ऊर्जा थपिने भएको छ । (रासस)

प्रकाशित मिति : १३ फाल्गुन २०८२, बुधबार  १० : ४३ बजे

त्रिशूली–३ ‘ए’ सुरुङबाट एक जनाको जीवितै उद्धार

रसुवा- भोटेकोशीमा आएको विनाशकारी बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकामध्ये

ब्यारेज बनेको ३१ वर्षसम्म पनि किसानले सिँचाइ सुविधा पाएनन्

सर्लाही– सर्लाहीको बलरामा व्यवस्थित नहरको अभावमा ठूलो धनराशि खर्च गरेर

तीज कार्यक्रम स्थगन : बाढी प्रभावितलाई सहयोग

गण्डकी– रसुवाको भोटेकोशी नदीमा गत साता गएको विनाशकारी बाढीले मुलुक

एक वर्षअघिको खबरदारी, वर्तमानको विपत्ति

लेखकको उद्देश्य केवल सरकार र सरोकारवाला निकायलाई सचेत गराउनु मात्र

भोटेकोशी बाढी : ९२६ शवको व्यवस्थापन, १८ सय ६२ जनाको डीएनए सङ्कलन

काठमाडौँ – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण मृत्यु हुनेको