पाकिस्तानमा मानव अधिकार उल्लङ्घन भइरहेको सिन्धी नेताको आरोप « Khabarhub

पाकिस्तानमा मानव अधिकार उल्लङ्घन भइरहेको सिन्धी नेताको आरोप


११ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जे सिन्ध फ्रिडम मुभमेन्ट (जेएसएफएम) का अध्यक्ष सोहेल अब्रोले सिन्ध क्षेत्रमा पाकिस्तानले मानव अधिकार उल्लङ्घन गरिरहेको गम्भीर आरोप लगाएका छन् । संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषदको बैठकमा उनले सिन्ध प्रान्तमा व्यापक मानव अधिकार उल्लङ्घन भइरहेको दाबी गरेका हुन् ।

अब्रोले सिन्धी जनताको राजनीतिक भविष्य तय गर्न संयुक्त राष्ट्रसंघले जनमत संग्रह गराउनुपर्ने माग समेत राखेका छन् । अब्रोका अनुसार पछिल्लो १५ वर्षमा ३५० भन्दा बढी सिन्धी विद्यार्थीहरू बेपत्ता पारिएका छन् ।

तीमध्ये १०० जना अझै फेला परेका छैनन् । उनले सिन्धी अभियन्ता, विद्यार्थी र राजनीतिक कार्यकर्ताहरूलाई राज्यले नै बेपत्ता पार्ने र हत्या गर्ने गरेको आरोप लगाए । साथै, सिन्धमा अल्पसङ्ख्यक हिन्दू छात्राहरूलाई जबरजस्ती धर्म परिवर्तन गराउने गरिएको विषयमा पनि उहाँले चिन्ता व्यक्त गरे ।

सिन्धी नेताले पाकिस्तानमा ‘ईशनिन्दा’ को आरोप लगाएर अधिकारकर्मीहरूको आवाज दबाउने गरिएको बताए । उनले डा. शाहनवाज कुम्भरको उदाहरण दिँदै सिन्धी पहिचान र धर्म परिवर्तनको विरुद्ध बोल्नेहरूलाई निसाना बनाइने गरेको दाबी गरे । सिन्धको ७ हजार वर्ष पुरानो सांस्कृतिक सम्पदा जोगाउन आफूहरूले राष्ट्रसंघमा आवाज उठाएको उनको भनाइ छ ।

अब्रोले पाकिस्तानी गुप्तचर निकायहरूले सिन्धमा असन्तुष्टिको आवाज दबाउन सक्रिय भूमिका खेलिरहेको आरोप लगाए । उनका अनुसार सिन्धमा धार्मिक कट्टरपन्थ बढ्दै गएको छ र हजारौँ मदरसाहरूले युवाहरूलाई उग्रवादतर्फ धकेलिरहेका छन् । अब आफूहरू पाकिस्तानमा बस्न तयार नरहेको भन्दै उनले अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराएका छन् ।

प्रकाशित मिति : ११ चैत्र २०८२, बुधबार  ३ : ४१ बजे

घिरिङ र डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन

तनहुँ– कालीगण्डकी नदीमा आएको बाढीले पहुँचसडक बगाएको घिरिङ र डेढगाउँ

नवरात्रको पाँचौँ दिन : आज स्कन्दमाताको पूजा गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको पाँचौँ दिन आज दसैँघर तथा पूजा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

बिहीबार भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २९ गते बिहीबार सन् २०२६

आज २०८३ साल असोज २९ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २९ गते बिहीबार सन् २०२६