प्रधानमन्त्रीको अनुरोधअनुसार राष्ट्रपतिले गणतन्त्र दिवसमा सम्बोधन गर्ने « Khabarhub

प्रधानमन्त्रीको अनुरोधअनुसार राष्ट्रपतिले गणतन्त्र दिवसमा सम्बोधन गर्ने


११ जेष्ठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहको अनुरोधपछि राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १५ गते सैनिक मञ्च टुँडिखेलमा हुने गणतन्त्र दिवस समारोहमा सम्बोधन गर्ने भएका छन् ।

यस अवसरमा मूल समारोह समितिको अध्यक्षका हैसियतले प्रधानमन्त्री शाहले सम्बोधन गर्नुपर्ने हो । तर, उनले सम्बोधन नगर्ने भएपछि केहीदिन अगाडि राष्ट्रपतिलाई आग्रह गरेका थिए ।

तर राष्ट्रपतिले मन्त्रिपरिषद् बैठकले निर्णय गरेपछि मात्रै सम्बोधन गर्ने बताएपछि आइतबार बसेको बैठकले सो निर्णय गरेसँगै उनले सम्बोधन गर्ने भएका हुन् ।

राष्ट्रपति पौडेलले गत वैशाख २८ गते संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम वाचन गर्दा पनि बीचमै उठेर हिँडेका वालेन्द्र त्यसयता फर्किएका छैनन् ।

संसद् भवनबाट दुई सय मिटर दूरीको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेर संसद्को टेलिभिजन लाइभ हेरेर बसेका उनले व्यवस्थापिकालाई बेवास्ता गरेको आरोप लागिरहेको छ।

यस्तोमा जेठ १५ गते सैनिक मञ्च टुँडिखेलमा सरकारले नै आयोजना गर्ने गणतन्त्र दिवस समारोहमा सम्बोधनका लागि उनले राष्ट्रपति रामचन्द्र पौडेललाई पत्र लेखेका हुन् ।

प्रकाशित मिति : ११ जेष्ठ २०८३, सोमबार  ४ : ४६ बजे

सरकारी वेबसाइटमा सुरक्षित एसएसएल/टीएलएस प्रमाणपत्र अनिवार्य

काठमाडौँ- सरकारले सबै सरकारी निकायका आधिकारिक वेबसाइटमा वैध एसएसएल/टीएलएस प्रमाणपत्र जडान

जडीबुटी तथा वनस्पतिसम्बन्धी अनुसन्धानबारे छलफल

काठमाडौं– नेपालमा जडीबुटी तथा वनस्पतिसम्बन्धी अनुसन्धानका विषयमा विज्ञान, प्रविधि तथा

गैरदलीय स्थानीय निर्वाचन र विदेशमा मतदान अधिकार माग्दै कुलमानले बुझाए आयोगमा ज्ञापनपत्र

काठमाडौं– उज्यालो नेपाल पार्टीले गैरदलीय स्थानीय निर्वाचन र विदेशमा रहेका

चक्रवात ‘अनर्व’को प्रभाव : कोशी, बागमती र नारायणीमा बाढीको जोखिम

काठमाडौं – चक्रवात ‘अनर्व’को सम्भावित प्रभावका कारण यही कात्तिक ११

स्वर्णिमको बचाउमा सांसद खरेल, भने- छिमेकीलाई गाली गरेर नेपाली राष्ट्रियता बलियो हुँदैन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदीश खरेल (दोलखा)