प्रधानमन्त्रीको अनुरोधअनुसार राष्ट्रपतिले गणतन्त्र दिवसमा सम्बोधन गर्ने « Khabarhub

प्रधानमन्त्रीको अनुरोधअनुसार राष्ट्रपतिले गणतन्त्र दिवसमा सम्बोधन गर्ने


११ जेठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहको अनुरोधपछि राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १५ गते सैनिक मञ्च टुँडिखेलमा हुने गणतन्त्र दिवस समारोहमा सम्बोधन गर्ने भएका छन् ।

यस अवसरमा मूल समारोह समितिको अध्यक्षका हैसियतले प्रधानमन्त्री शाहले सम्बोधन गर्नुपर्ने हो । तर, उनले सम्बोधन नगर्ने भएपछि केहीदिन अगाडि राष्ट्रपतिलाई आग्रह गरेका थिए ।

तर राष्ट्रपतिले मन्त्रिपरिषद् बैठकले निर्णय गरेपछि मात्रै सम्बोधन गर्ने बताएपछि आइतबार बसेको बैठकले सो निर्णय गरेसँगै उनले सम्बोधन गर्ने भएका हुन् ।

राष्ट्रपति पौडेलले गत वैशाख २८ गते संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम वाचन गर्दा पनि बीचमै उठेर हिँडेका वालेन्द्र त्यसयता फर्किएका छैनन् ।

संसद् भवनबाट दुई सय मिटर दूरीको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेर संसद्को टेलिभिजन लाइभ हेरेर बसेका उनले व्यवस्थापिकालाई बेवास्ता गरेको आरोप लागिरहेको छ।

यस्तोमा जेठ १५ गते सैनिक मञ्च टुँडिखेलमा सरकारले नै आयोजना गर्ने गणतन्त्र दिवस समारोहमा सम्बोधनका लागि उनले राष्ट्रपति रामचन्द्र पौडेललाई पत्र लेखेका हुन् ।

प्रकाशित मिति : ११ जेठ २०८३, सोमबार  ४ : ४६ बजे

भड्काउ अभिव्यक्ति दिएको आरोपमा पक्राउ परे दुर्गा प्रसाईं

काठमाडौँ । अभियन्ता दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनलाई

दुर्गा प्रसाईँलाई पक्राउ गर्न घरमै पुग्यो प्रहरी

काठमाडौँ । अभियन्ता दुर्गा प्रसाईंलाई पक्राउ गर्न प्रहरी अहिले उनको

बढ्यो पेट्रोल र डिजेलको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेको

‘निम्स दाइ’को रामनगरस्थित परिवार र विद्यालयका शिक्षक शोकमा

चितवन । हिमपहिरोमा परी निधन भएका कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा

इन्डोनेसियामा समुद्रबीच डुंगामा भीषण आगलागी, ५ जनाको मृत्यु, ४१ जना बेपत्ता

इन्डोनेसिया- आइतबार इन्डोनेसियाली समुद्रबीचमा गुडिरहेको डुंगामा आगो लाग्दा दर्जनौँ व्यक्तिको