‘प्रधानमन्त्री काममा व्यस्त हुनुहुन्छ, बोल्नुपर्ने ठाउँमा बोल्नुहुन्छ’ « Khabarhub

‘प्रधानमन्त्री काममा व्यस्त हुनुहुन्छ, बोल्नुपर्ने ठाउँमा बोल्नुहुन्छ’


११ जेष्ठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारका प्रवक्ता एवम् शिक्षामन्त्री सस्मित पोखरेलले प्रधानमन्त्री वालेन्द्र शाहको कार्यशैलीको बचाउ गरेका छन् ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकका निर्णय सुनाउने क्रममा पत्रकारहरूलाई जवाफ दिँदै उनले बालेनको शैलीको बचाउ गरेका हुन्।

यही जेठ १५ गते वालेन्द्र नेतृत्वको सरकारकै आयोजनामा हुन लागेको गणतन्त्र दिवसमा पनि सम्बोधन नगर्ने भएपछि अनेक प्रश्न उठिरहेका छन् ।

वालेन्द्रले गणतन्त्रको प्रतीक भन्दै बालेनले मन्त्रिपरिषद्बाटै निर्णय गराएर सम्बोधनका लागि राष्ट्रपति रामचन्द्र पौडेलकहाँ पत्र पठाइसकेका छन् । राष्ट्रपतिले पनि बालेनको आग्रहलाई स्वीकार गरिसकेका छन्।

यस्तोमा सरकारका प्रवक्ता पोखरेलले गणतन्त्र दिवसमा प्रधानमन्त्री बोल्न नचाहेको निर्णयको बचाऊ गरेका हुन् ।

सरकारका निर्णय सुनाउन उभिएका मन्त्री पोखरेललाई पत्रकारले सोधे, ‘प्रधानमन्त्रीज्यू गणतन्त्र दिवस मूल समारोह कार्यक्रममा किन बोल्न चाहनु भएन?

जवाफमा प्रवक्ता पोखरेलले भने, ‘आवश्यकता अनुसार प्रधानमन्त्रीले गर्नुपर्ने ठाउँमा सम्बोधन गर्नु हुनेछ । अहिले उहाँ १०० दिने घोषणाअनुसारका काम पूरा गर्न केन्द्रित हुनु भएको छ।’

प्रकाशित मिति : ११ जेष्ठ २०८३, सोमबार  ५ : ३४ बजे

१४ औँ महाधिवेशनलाई अदालतले मान्यता नदिए बाटो अलग : एनपी साउद

काठमाडौं- नेपाली कांग्रेस अहिले गगन थापा पक्ष, शेरबहादुर देउवा पक्ष

ऊर्जामन्त्री श्रेष्ठ बैंकक प्रस्थान

काठमाडौँ- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ एसिया तथा प्रशान्त क्षेत्रमा

गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी कार्तिक १२ गतेदेखि ललितपुरमा हुने

काठमाडौं– १९ औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी कार्तिक १२ गतेदेखि

विदेश जाने होइन, स्वदेशमै फूल फुलाउने अठोट

दमौली– दमौलीका दुई युवाले सयपत्री जातका फूलखेती सुरु गरेका छन्

म्याग्दीमा सङ्घीय सरकारका तीन वटा कार्यालय थपिए

म्याग्दी– जिल्लामा सङ्घीय सरकारका तीन वटा कार्यालय थपिएका छन् ।