रोममा प्रधानमन्त्री मोदीलाई वाराणसीको तस्बिर उपहार, इटालियन चित्रकारसँग भेट « Khabarhub

रोममा प्रधानमन्त्री मोदीलाई वाराणसीको तस्बिर उपहार, इटालियन चित्रकारसँग भेट


११ जेठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पाँच देशको भ्रमणको अन्तिम चरणमा इटालीको राजधानी रोम पुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई उपहारस्वरूप वाराणसीका घाटहरू चित्रण गरिएको एक सुन्दर चित्रकला प्रदान गरिएको छ । उक्त कलाकृति इटलियन चित्रकार ज्यामपाओलो तोमासेत्तीले तयार पारेका हुन् ।

उनी भारतीय संस्कृति र महाकाव्यहरूसँग राम्ररी परिचित छन् । प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल ‘एक्स’ (ट्विटर) मा सो चित्र शे‍यर गर्दै यसलाई “रोममा काशीको झलक!” भनी वर्णन गरेका छन् ।

प्रधानमन्त्री मोदीका अनुसार चित्रकार तोमासेत्तीको भारतीय परम्परासँगको सम्बन्ध चार दशकभन्दा पुरानो छ । उनले सन् १९८० को दशकमा वैदिक संस्कृतिसम्बन्धी पुस्तकहरूको चित्रकारका रूपमा आफ्नो यात्रा सुरु गरेका थिए ।

पछि उनले महाभारतबाट प्रेरित भई ठूला चित्रहरू बनाउन आफ्नो जीवनका कयौँ वर्षहरू समर्पित गरे । यस अन्तर्गत सन् २००८ देखि २०१३ को बीचमा २३ वटा मुख्य चित्रहरू तयार पारिएका थिए ।

सन् १९५५ मा इटालीमा जन्मेका तोमासेत्तीले सुरुवाती दिनमा फ्लोरेन्समा प्राचीन वैदिक परम्पराहरूसँग सम्बन्धित प्रकाशनहरूमा काम गरेका थिए । उनको कलामा नव-पुनर्जागरण (नियो-रेनेसाँ) शैलीको प्रभाव देखिन्छ । सन् १९८७ मा उनी प्रसिद्ध कलाकार अल्बर्टो बुरीको जन्मस्थल चित्ता दि कास्तेलोमा बसाइँ सरेका थिए, जहाँको सांस्कृतिक वातावरणले उनलाई एक विशिष्ट र आध्यात्मिक चित्रकला शैली विकास गर्न मद्दत गर्‍यो ।

प्रधानमन्त्री मोदीसँगको भेटपछि तोमासेत्तीले समाचार एजेन्सी एएनआईसँग कुरा गर्दै यो अनुभव आफ्नो जीवनकै “उत्कृष्ट क्षणहरूमध्ये एक” भएको र प्रधानमन्त्री निकै आत्मीय एवं उत्सुक स्वभावको रहेको बताए । उनले यो चित्रकलालाई एक इटलेली कलाकारको आँखा र भारतको रङ्गीन संस्कृतिबीचको पुलको रूपमा अर्थ्याएका छन् ।

प्रकाशित मिति : ११ जेठ २०८३, सोमबार  ५ : ०६ बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी