रास्वपा महाधिवेशन : ९९ केन्द्रीय सदस्यका लागि मतदान जारी « Khabarhub

रास्वपा महाधिवेशन : ९९ केन्द्रीय सदस्यका लागि मतदान जारी


११ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशन अन्तर्गत ९९ केन्द्रीय सदस्य चयनका लागि विद्युतीय मतदान भइरहेको छ ।

गएराति साढे १२ बजेबाट सुरु भएको मतदान आज बिहान ११ बजेसम्ममा सकिने रास्वपाको केन्द्रीय निर्वाचन आयोग प्रमुख भुवन केसीले जानकारी दिए ।

रास्वपाको केन्द्रीय सदस्य १५८ जना भए पनि ९९ केन्द्रीय सदस्य निर्वाचन मार्फत चुनिने छन् । जसका लागि ३८४ जनाको उम्मेदवारी रहेको छ । बाँकी पछि मनोनित गरिने रास्वपा विधानमा उल्लेख छ। पार्टीको सभापतिमा भने रवि लामिछाने निर्विरोध निर्वाचित भइसकेका छन् ।

रास्वपामा खुलातर्फ २१० जनाको उम्मेदवारी परेको छ भने भूगोलतर्फ १७४ जनाको उम्मेदवारी परेको छ । एउटा प्रदेशबाट पाँचजना निर्वाचित हुने छन् । सात प्रदेशबाट ३५ निर्वाचित हुने छन् भने ६४ खुलाका लागि २१० जनाको उम्मेदवारी रहेकाे छ ।

प्रमुख केसीका अनुसार सुदूरपश्चिम प्रदेशमा १८, मधेस प्रदेशमा २०, लुम्बिनी प्रदेशमा ३१, कोशी प्रदेशमा २०, कर्णाली प्रदेशमा ३१, बागमती प्रदेशमा २७ र गण्डकी प्रदेशमा २७ जनाको उम्मेदवारी परेको छ ।

रास्वपाको विधानअनुसार पहिलो चरणमा सभापति र केन्द्रीय सदस्यको निर्वाचन सम्पन्न भई नतिजा आएपछि दोस्रो चरणमा ८ जना पदाधिकारीका लागि मतदान हुनेछ । दोस्रो चरणमा सबै प्रतिनिधिले पदाधिकारीका लागि मतदान गर्ने छन् । पहिलाे चरणकाे मतदान सकिए पछि दुई घण्टाभित्र मतपरिणाम घोषणा हुनेछ ।

राति अबेरसम्म मतदान प्रक्रियामा ढिलाइ हुँदा प्रतिनिधिहरुले नेतृत्वविरुद्ध नारावाजी सुरु गरेपछि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

प्रकाशित मिति : ११ असार २०८३, बिहीबार  ७ : १४ बजे

आज साउन १५, नेपाली समाजमा खीर खाने चलन

काठमाडौँ– आज साउन पन्ध्र अर्थात् खीर खाने दिन । परापूर्वकालदेखि

हिमपहिरोमा पर्नुअघि ब्रोड पिकको ५,८९१ मिटरमा देखिएको थियो निर्मल पुर्जाको लोकेशन

काठमाडौँ– पाकिस्तानको ८,०४७ मिटर अग्लो ब्रोड पिकमा आएको हिमपहिरोपछि सम्पर्कविहीन

कप्तानगञ्ज घटनामा पीडित परिवारसँगको सहमतिप्रति सरकार पूर्ण प्रतिवद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले सरकार सत्य, न्याय, कानुनी शासन र

धनुषामा बिहान ८ बजेसम्म लागि कर्फ्यु खुकुलो

जनकपुरधाम– जिल्ला प्रशासन कार्यालय धनुषाले जिल्लामा बिहीबार जारी गरेको कर्फ्यु

पाकिस्तानी ब्रोड पिकमा हिमपहिरो, निर्मल पुर्जासहित १० आरोही बेपत्ता

काठमाडौं– प्रसिद्ध पर्वतारोही निर्मल पुर्जा पाकिस्तानको ब्रोड पिक हिमालमा आएको