भेनेजुएलामा ठूलो भूकम्पपछि २० भन्दा बढी पराकम्प, ट्रम्पद्वारा सहयोगको प्रतिबद्धता « Khabarhub

भेनेजुएलामा ठूलो भूकम्पपछि २० भन्दा बढी पराकम्प, ट्रम्पद्वारा सहयोगको प्रतिबद्धता

देशभर संकटकाल घोषणा


११ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पहिलो मुख्य भूकम्पपछि भेनेजुएलामा २० भन्दा बढी पराकम्प गएका छन्, जसका कारण सर्वसाधारणहरू रातभर खुला सडकमा बस्न बाध्य भएका छन् । देशको उत्तरी तटीय क्षेत्र ला गुइरा, अरागुआ, काराबोबो र फाल्कोन भूकम्पबाट सबैभन्दा बढी प्रभावित भएका छन् ।

यसैबीच, अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा पोस्ट गर्दै भेनेजुएलाको भूकम्पलाई विनाशकारी भन्दै दुःख व्यक्त गरेका छन् । उनले लेखेका छन्, ‘भेनेजुएलामा गएका दुईवटा ठूला भूकम्पले ठूलो विनाश निम्त्याएको छ र ठूलो संख्यामा मानिसको ज्यान गएको छ । अमेरिका हाम्रा यी नयाँ र महान् साथीहरूलाई तत्काल सहयोग गर्न तयार र सक्षम छ र मैले सरकारी निकायलाई छिटो कदम चाल्न निर्देशन दिइसकेको छु ।

भेनेजुएलाको राजधानी काराकास र आसपासका क्षेत्रलाई केन्द्रविन्दु बनाएर बुधबार साँझ एकाएक दुईवटा शक्तिशाली भूकम्प गएका हुन् । केही सेकेन्डको अन्तरालमा गएका ७.२ र ७.५ म्याग्निच्युडका यी भूकम्पका कारण राजधानीका थुप्रै आवासीय भवन भत्किएका छन् भने ठूलो संख्यामा मानवीय क्षति भएको आशंका गरिएको छ ।

भूकम्पलगत्तै भेनेजुएलाकी कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले देशभर संकटकाल घोषणा गरेकी छन् । भूकम्पका कारण देशको मुख्य अन्तर्राष्ट्रिय विमानस्थलमा गम्भीर क्षति पुगेपछि विमानस्थल पूर्ण रूपमा बन्द गरिएको छ । अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) ले भूकम्पका कारण व्यापक क्षति भएको र हताहत हुनेको संख्या निकै उच्च हुन सक्ने चेतावनी दिएको छ ।

भेनेजुएलामा राष्ट्रिय बिदाको दिन परेकाले स्थानीय समयअनुसार साँझ भूकम्प जाँदा अधिकांश मानिस आफ्नै घरभित्र थिए । भूकम्पको धक्का छिमेकी देश कोलम्बियाको राजधानी बोगोटा र ब्राजिलसम्म समेत महसुस गरिएको थियो ।

कार्यवाहक राष्ट्रपति रोड्रिगेजले मृतकहरूको संख्या यकिन नगरे पनि ठूलो क्षति भएको स्वीकार्दै पीडित परिवारप्रति गम्भीर समवेदना प्रकट गरेकी छन् । भत्किएका भवनका भग्नावशेषभित्र पुरिएका मानिसको जीवितै उद्धारका लागि सुरक्षाकर्मी र उद्धार टोलीहरू तीव्र रूपमा परिचालन गरिएका छन् ।

प्रकाशित मिति : ११ असार २०८३, बिहीबार  १० : ०२ बजे

हिमपहिरोमा पर्नुअघि ब्रोड पिकको ५,८९१ मिटरमा देखिएको थियो निर्मल पुर्जाको लोकेशन

काठमाडौँ– पाकिस्तानको ८,०४७ मिटर अग्लो ब्रोड पिकमा आएको हिमपहिरोपछि सम्पर्कविहीन

कप्तानगञ्ज घटनामा पीडित परिवारसँगको सहमतिप्रति सरकार पूर्ण प्रतिवद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले सरकार सत्य, न्याय, कानुनी शासन र

धनुषामा बिहान ८ बजेसम्म लागि कर्फ्यु खुकुलो

जनकपुरधाम– जिल्ला प्रशासन कार्यालय धनुषाले जिल्लामा बिहीबार जारी गरेको कर्फ्यु

पाकिस्तानी ब्रोड पिकमा हिमपहिरो, निर्मल पुर्जासहित १० आरोही बेपत्ता

काठमाडौं– प्रसिद्ध पर्वतारोही निर्मल पुर्जा पाकिस्तानको ब्रोड पिक हिमालमा आएको

देवानगञ्ज घटनामा मृतकका परिवार र सरकारबीच ७ बुँदे सम्झौता, शहीद घोषणा प्रक्रिया अघि बढाइने

काठमाडौँ– सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कमानागाछीमा यही साउन १० गते भएको