थलथलेमा खानेपानीको समस्या हट्यो,३३ घरमा ‘एक घर, एक धारा’ जडान « Khabarhub

थलथलेमा खानेपानीको समस्या हट्यो,३३ घरमा ‘एक घर, एक धारा’ जडान


११ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

भोजपुर– यहाँको थलथले खानेपानी आयोजनामार्फत ३३ घरमा ‘एक घर, एक धारा’ जडान भएको छ । 

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय अन्तर्गत सञ्चालन गरिएको यो योजनाबाट खाँदबारी नगरपालिका–६ सङ्खुवासभाका स्थानीयको घरघरमा धारा जडान गरिएपछि सहजता भएको हो । 

आयोजना सम्पन्न भएसँगै टाढाबाट पानी बोक्ने बाध्यता हटेको र दैनिक जीवन सहज बनेको स्थानीयवासीले बताएका छन् ।

निर्माण उपभोक्ता समितिका अध्यक्ष उमनाथ सारु मगरका अनुसार आयोजना सञ्चालनमा आएपछि खानेपानी अभाव झेलिरहेका ३३ घरधुरी प्रत्यक्ष लाभान्वित भएका छन् । 

‘पहिले घण्टौँ हिँडेर पानी ल्याउनुपर्थ्यो, अहिले घरमै धारा जडान भएपछि निकै सहज भएको छ’, उनले बताए ।

यस आर्थिक वर्षमा आयोजनाको इन्टेक निर्माण गरिएको छ भने सिरान टोलमा १४ घनमिटर क्षमताको ट्याङ्कीबाट वितरण लाइन विस्तार गरी ३३ परिवारमा धारा जडान गरिएको हो । 

आगामी आर्थिक वर्षमा थप १० घनमिटरको ट्याङ्की निर्माण गरी वितरण प्रणाली अझ विस्तार गर्ने लक्ष्य राखिएको कार्यालयले जनाएको छ ।

कूल अनुमानित लागत श्रमदानसहित रु एक करोड ७० लाख १३ हजार ६३२ रहेको यो आयोजना आर्थिक वर्ष २०७९/८० देखि सुरु गरिएको हो । 

दीर्घकालीन रूपमा १०२ घरधुरीलाई खानेपानी सुविधा उपलब्ध गराउने लक्ष्य लिइएको यस योजनाले क्रमशः आफ्नो लक्ष्यतर्फ अघि बढिरहेको छ । 

स्थानीयका अनुसार, आयोजनाले पानीको सहज पहुँच मात्र नभई सरसफाइ र स्वास्थ्यमा सकारात्मक प्रभाव पारेको छ । 

प्रकाशित मिति : ११ असार २०८३, बिहीबार  ११ : ४० बजे

चोलेन्द्र शमशेर रिहा, एसएसपी खड्का भन्छन्- ‘सुरक्षित ठाउँमा पठाएका छौँ’

काठमाडौं– पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई अपराध अनुसन्धान कार्यालय, टेकुबाट अन्यत्र

माइडियाको दसैँ विशेष योजना : ३७ हजार ७०० सम्म क्यासब्याक र आकर्षक उपहार

काठमाडौं- नेपालीहरूको महान् चाड दसैँलाई लक्षित गर्दै माइडियाले विशेष उत्सव

चोलेन्द्र भेट्न गएको आयोगको टोलीलाई प्रहरीले कार्यालयमै दिएन प्रवेश

काठमाडौं– हिरासतमा रहेका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई भेट्न गएको राष्ट्रिय

हर्मुज जलडमरूमध्ये खोल्ने इरानी प्रस्ताव ट्रम्पद्वारा अस्वीकृत, इरान आधिकारिक प्रतिक्रियाको पर्खाइमा

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको हर्मुज जलडमरूमध्ये खोल्ने प्रस्ताव

भक्तपुरको राष्ट्रिय प्राणी उद्यान प्रदेश सरकारले बनाउने

भक्तपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले सङ्घीय सरकारबाट अनुरोध भएमा