काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनअन्तर्गत निर्वाचनमा पहिलो चरणको मतदान सकिएको छ ।
पहिलो चरणमा केन्द्रीय सदस्य चयनका लागि मतदान गरिएको हो । अब दोस्रो चरणको मतदानका लागि नेताहरू जुट्नेछन् । दोस्रो चरणको निर्वाचन भने पहिलो चरणको मतगणना सम्पन्न भई नतिजा सार्वजनिक भएपछि मात्र हुनेछ ।
दोस्रो चरणमा पार्टीका पदाधिकारी चयनका लागि मतदान गरिनेछ । पदाधिकारी पदमा उम्मेदवारी दिन तथा निर्वाचनमा सहभागी हुन पहिलो चरणबाट केन्द्रीय सदस्यमा निर्वाचित हुनुपर्ने व्यवस्था रहेको छ। त्यसैले पहिलो चरणको नतिजाले पदाधिकारी निर्वाचनको प्रतिस्पर्धा तय गर्नेछ।
अब दोस्रो चरणको मतदानका लागि नेताहरू जुट्नेछन् । दोस्रो चरणको मतदान पहिलो चरणको निर्वाचनको नतिजा सार्वजनिक भएपछि मात्रै हुनेछ । दोस्रो चरणमा हुन लागेको पदाधिकारीको निर्वाचन मा भाग लिनका लागि केन्द्रीय सदस्य जित्नुपर्ने हुन्छ।












प्रतिक्रिया