महाधिवेशनले रास्वपालाई थप बलियो र एकीकृत बनाउँछ : सञ्चारमन्त्री  « Khabarhub

महाधिवेशनले रास्वपालाई थप बलियो र एकीकृत बनाउँछ : सञ्चारमन्त्री 


११ असार २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

चितवन – सूचना तथा सञ्चारमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता डा. विक्रम तिमिल्सिनाले पार्टीको पहिलो महाधिवेशनले रास्वपालाई थप सुदृढ, जिम्मेवार र एकीकृत बनाउने विश्वास व्यक्त गरेका छन्।

महाधिवेशनअन्तर्गत मतदान प्रक्रियामा सहभागी भएपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उहाँले महाधिवेशनपछि पार्टी अझ व्यवस्थित, जिम्मेवार र सशक्त ढङ्गले अघि बढ्ने बताए।

डा. तिमिल्सिनाले रास्वपाभित्र गुट–उपगुटको राजनीति नभएको उल्लेख गर्दै महाधिवेशनबाट आउने निर्णयलाई सबैले आत्मसात गरी पार्टीलाई थप मजबुत बनाउने जिम्मेवारी रहेको बताए।

‘रास्वपाभित्र गुट–उपगुट नभएकाले एकीकृत भएर अघि बढ्नुको विकल्प छैन। महाधिवेशन प्रतिनिधिले दिएको निर्णयलाई आत्मसात गर्दै पार्टीलाई अझ राम्रो बनाउने हाम्रो दायित्व हो,’ उनले भने, ‘पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन।’

उनले राजनीतिक दलको जीवनमा महाधिवेशनको विशेष महत्व रहने उल्लेख गर्दै यसले संगठनलाई लोकतान्त्रिक अभ्यासमार्फत थप सुदृढ बनाउने धारणा राखे।

‘देशका विभिन्न क्षेत्रबाट आएका प्रतिनिधिहरूले रास्वपाको भावना, उद्देश्य र भविष्यलाई केन्द्रमा राखेर विवेकपूर्ण ढङ्गले मतदान गरिरहेका छन् । यही नै पार्टी जीवनको लोकतान्त्रिक अभ्यास हो,’ उनले भने।

डा. तिमिल्सिनाले महाधिवेशनबाट चयन हुने नेतृत्वले मुलुकको सबैभन्दा ठूलो राजनीतिक दलका रूपमा रहेको रास्वपालाई आमनागरिकको अपेक्षाअनुसार अघि बढाउने विश्वास समेत व्यक्त गरे। उनका अनुसार नयाँ नेतृत्वले पार्टीलाई अझ प्रभावकारी, उत्तरदायी र जनमुखी बनाउँदै राष्ट्रिय राजनीतिमा थप सशक्त भूमिका निर्वाह गर्नेछ।

प्रकाशित मिति : ११ असार २०८३, बिहिबार  १ : १५ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र