महाधिवेशनले रास्वपालाई थप बलियो र एकीकृत बनाउँछ : सञ्चारमन्त्री  « Khabarhub

महाधिवेशनले रास्वपालाई थप बलियो र एकीकृत बनाउँछ : सञ्चारमन्त्री 


११ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

चितवन – सूचना तथा सञ्चारमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता डा. विक्रम तिमिल्सिनाले पार्टीको पहिलो महाधिवेशनले रास्वपालाई थप सुदृढ, जिम्मेवार र एकीकृत बनाउने विश्वास व्यक्त गरेका छन्।

महाधिवेशनअन्तर्गत मतदान प्रक्रियामा सहभागी भएपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उहाँले महाधिवेशनपछि पार्टी अझ व्यवस्थित, जिम्मेवार र सशक्त ढङ्गले अघि बढ्ने बताए।

डा. तिमिल्सिनाले रास्वपाभित्र गुट–उपगुटको राजनीति नभएको उल्लेख गर्दै महाधिवेशनबाट आउने निर्णयलाई सबैले आत्मसात गरी पार्टीलाई थप मजबुत बनाउने जिम्मेवारी रहेको बताए।

‘रास्वपाभित्र गुट–उपगुट नभएकाले एकीकृत भएर अघि बढ्नुको विकल्प छैन। महाधिवेशन प्रतिनिधिले दिएको निर्णयलाई आत्मसात गर्दै पार्टीलाई अझ राम्रो बनाउने हाम्रो दायित्व हो,’ उनले भने, ‘पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन।’

उनले राजनीतिक दलको जीवनमा महाधिवेशनको विशेष महत्व रहने उल्लेख गर्दै यसले संगठनलाई लोकतान्त्रिक अभ्यासमार्फत थप सुदृढ बनाउने धारणा राखे।

‘देशका विभिन्न क्षेत्रबाट आएका प्रतिनिधिहरूले रास्वपाको भावना, उद्देश्य र भविष्यलाई केन्द्रमा राखेर विवेकपूर्ण ढङ्गले मतदान गरिरहेका छन् । यही नै पार्टी जीवनको लोकतान्त्रिक अभ्यास हो,’ उनले भने।

डा. तिमिल्सिनाले महाधिवेशनबाट चयन हुने नेतृत्वले मुलुकको सबैभन्दा ठूलो राजनीतिक दलका रूपमा रहेको रास्वपालाई आमनागरिकको अपेक्षाअनुसार अघि बढाउने विश्वास समेत व्यक्त गरे। उनका अनुसार नयाँ नेतृत्वले पार्टीलाई अझ प्रभावकारी, उत्तरदायी र जनमुखी बनाउँदै राष्ट्रिय राजनीतिमा थप सशक्त भूमिका निर्वाह गर्नेछ।

प्रकाशित मिति : ११ असार २०८३, बिहीबार  १ : १५ बजे

हिमपहिरोमा पर्नुअघि ब्रोड पिकको ५,८९१ मिटरमा देखिएको थियो निर्मल पुर्जाको लोकेशन

काठमाडौँ– पाकिस्तानको ८,०४७ मिटर अग्लो ब्रोड पिकमा आएको हिमपहिरोपछि सम्पर्कविहीन

कप्तानगञ्ज घटनामा पीडित परिवारसँगको सहमतिप्रति सरकार पूर्ण प्रतिवद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले सरकार सत्य, न्याय, कानुनी शासन र

धनुषामा बिहान ८ बजेसम्म लागि कर्फ्यु खुकुलो

जनकपुरधाम– जिल्ला प्रशासन कार्यालय धनुषाले जिल्लामा बिहीबार जारी गरेको कर्फ्यु

पाकिस्तानी ब्रोड पिकमा हिमपहिरो, निर्मल पुर्जासहित १० आरोही बेपत्ता

काठमाडौं– प्रसिद्ध पर्वतारोही निर्मल पुर्जा पाकिस्तानको ब्रोड पिक हिमालमा आएको

देवानगञ्ज घटनामा मृतकका परिवार र सरकारबीच ७ बुँदे सम्झौता, शहीद घोषणा प्रक्रिया अघि बढाइने

काठमाडौँ– सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कमानागाछीमा यही साउन १० गते भएको