स्थायी व्यवस्थापन नभए पुरानै बासस्थानमा फर्किने सुकुम्वासीहरूको चेतावनी « Khabarhub

स्थायी व्यवस्थापन नभए पुरानै बासस्थानमा फर्किने सुकुम्वासीहरूको चेतावनी


११ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – होल्डिङ सेन्टरमा राखिएका भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बसोबासीहरूले स्थायी व्यवस्थापनको टुंगो नलगाई आफूहरूलाई हटाउन खोजिए पुरानै बासस्थानमा फर्किन बाध्य हुने चेतावनी दिएका छन्।

नगरकोट व्हाइट पानी ट्यांकी अफिस स्थित राष्ट्रिय खानेपानी तथा तालिम केन्द्रको होल्डिङ सेन्टरमा रहेका पीडितहरूले बिहीबार एक सरोकार पत्र जारी गर्दै सरकारको कदमप्रति गम्भीर आपत्ति जनाएका हुन् । पीडितहरूले जारी गरेको सरोकार पत्रमा सरकारले जबर्जस्ती उठीबास गराएपछि होल्डिङ सेन्टरमा राखेको दुई महिना बितिसक्दा पनि स्थायी समाधान नदिएको गुनासो गरेका छन् । 

उनीहरूका अनुसार बसोबासका लागि पर्याप्त स्थान, खानपान तथा आधारभूत सेवासुविधाको अभावका बीच सरकारले होल्डिङ सेन्टर खाली गराउने तयारी थालेको छ । पत्रमा असार ९ गते सरकारी निकायका केही प्रतिनिधिहरू होल्डिङ सेन्टरमा आएर प्रतिपरिवार २५ हजार रुपैयाँ दिएर केन्द्र छाड्न आग्रह गरेको उल्लेख गर्दै त्यसलाई आफूहरूमाथिको दबाबको रूपमा लिइएको जनाइएको छ ।

सुकुमवासीहरूले स्थानीय तहबाट लगत संकलन र प्रमाणीकरण भइसकेका परिवारलाई पहिचान गरी समस्या समाधान गर्न, जबर्जस्ती उठीबास गराइएकाहरूलाई पहिलो प्राथमिकतामा राख्न तथा स्थायी व्यवस्थापन नहुँदासम्म आवश्यक सेवा–सुविधा उपलब्ध गराउन माग गरेका छन् ।

उनीहरूले सरकारको नीति तथा कार्यक्रममा उल्लेख भएअनुसार भूमिहीन, सुकुम्वासी र अव्यवस्थित बसोबासीको उचित स्थानमा स्थायी व्यवस्थापन गर्न पनि आग्रह गरेका छन् । सरोकार पत्रको सबैभन्दा कडा चेतावनीस्वरूप उनीहरूले वैकल्पिक बसोबासको व्यवस्था नगरी होल्डिङ सेन्टरबाट निकालिए आफूहरू पहिले बसोबास गर्दै आएको स्थानमै फर्केर छाप्रा हाल्न बाध्य हुने बताएका छन् । 

पीडितहरूले सरकारलाई तत्काल वार्ता र स्थायी समाधानको प्रक्रिया अघि बढाउन आग्रह गरेका छन् ।

प्रकाशित मिति : ११ असार २०८३, बिहीबार  २ : १६ बजे

करेन्ट लागेका बालकलाई प्राधिकरणले दियो १५ लाख ७१ हजार क्षतिपूर्ति

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले नवलपरासी (सुस्ता पूर्व) त्रिवेणी गाउँपालिका–२ घुसेनीमा

स्ट्रेट अफ हर्मुज पार गर्ने प्रयासमा रहेका तीन वटा तेल ट्यांकर इरानी नियन्त्रणमा

एजेन्सी– इरानको इस्लामिक रिभोलुसन गार्ड कर्प्स (आइआरजिसी) ले तीन वटा

देशभर एकैदिन ४७ विपद् घटना, पहिरोमा दुई जनाको मृत्यु

काठमाडौं– देशका विभिन्न भागमा बुधबार भएका ४७ विपद्जन्य घटनामा परी

सांघाई एआई सम्मेलन : टेबल टेनिस खेल्नेदेखि चिया बनाउनेसम्म रोबोट आकर्षणको केन्द्र

सांघाई– चीनको पूर्वी सहर सांघाईमा २०२६ विश्व कृत्रिम बुद्धिमत्ता (एआई)

लागुऔषधसहित चार जना पक्राउ

काठमाडौं– काठमाडौं र मोरङबाट लागूऔषधसहित चार जना पक्राउ परेका छन्