देशका विभिन्न जिल्लामा एकैदिन सर्पदंशबाट ४ जनाको मृत्यु  « Khabarhub

देशका विभिन्न जिल्लामा एकैदिन सर्पदंशबाट ४ जनाको मृत्यु 


११ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका प्राकृतिक तथा गैर–प्राकृतिक विपद्का घटनामा परी ५ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । 

यस अवधिमा ३० वटा विपद्का घटना दर्ता भएका छन्, जसमा सर्पदंशका घटनाले सबैभन्दा बढी मानवीय क्षति पुर्‍याएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको दैनिक बुलेटिन अनुसार ७ जिल्लामा भएका ११ वटा सर्पदंशका घटनामा ४ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । यस्तै, ४ जिल्लामा भएका ४ वटा पहिरोका घटनामा परी १ जनाको ज्यान गएको छ ।

प्राधिकरणका अनुसार आगलागीका ५ वटा घटनामा १ जना घाइते भएका छन् । यसबाहेक वन डढेलोका ३, चट्याङका ३, हावाहुरीका २, बाढी र जनावर आक्रमणका १–१ वटा घटना दर्ता भएका छन् । विपद्का यी घटनाबाट देशका २४ जिल्ला प्रभावित भएका छन् । घटनाबाट अनुमानित १४ लाख ४८ हजार रुपैयाँ बराबरको आर्थिक क्षति भएको प्राधिकरणले जनाएको छ ।

राहत, खोज तथा उद्धार कार्यका लागि देशभर १२७ जना प्रहरी परिचालन गरिएको छ । आगलागीका घटनामा ३७ जना, सर्पदंश प्रभावित क्षेत्रमा ३३ जना तथा पहिरो प्रभावित क्षेत्रमा २७ जना प्रहरी परिचालन गरिएको प्राधिकरणको तथ्यांकमा उल्लेख छ ।

प्रकाशित मिति : ११ असार २०८३, बिहीबार  २ : ३२ बजे

गोरखामा भेटिएका २९ शवको अन्त्येष्‍टि गरियो

गोरखा– भोटेकोशीमा बुधबार गएको बाढीले बगाएर त्रिशूली नदीको गोरखातर्फको बगरमा

पूर्वाञ्चल विश्वविद्यालयका कर्मचारीको तलब विपद् कोषमा जम्मा गरिने

काठमाडौं–  प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउन

भोटेकोशी बाढी : राहत सामग्रीका विषयमा मन्त्री चौधरीले गरिन् सांसदसँग छलफल

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले भोटेकोशी बाढी प्रभावित

रसुवा बाढी : २ सय २७ शव व्यवस्थापनका लागि लगिँदै

चितवन – रसुवा क्षेत्रमा आएको बाढीमा परी नारायणी नदीमा भेटिएका बेवारिसे

नौ जलविद्युत् आयोजनाबाट ५३७ जना सम्पर्कविहीन

काठमाडौं– भोटेकोशी नदीमा गएको बाढीबाट नौ वटा जलविद्युत् आयोजनाका ५३७