केन्द्रीय सदस्यको मतगणना जारी, दुई घण्टाभित्र नतिजा आउने  « Khabarhub

केन्द्रीय सदस्यको मतगणना जारी, दुई घण्टाभित्र नतिजा आउने 


११ असार २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य पदका लागि भएको निर्वाचन सम्पन्न भएको छ । निर्वाचन सम्पन्न भएसँगै मतगणना प्रक्रिया सुरु भएको र करिब दुई घण्टाभित्र नतिजा सार्वजनिक हुने अपेक्षा गरिएको छ।

राम–लक्ष्मण भोटिङ मेसिनमार्फत मतदान गरिएको उक्त निर्वाचनको नतिजा सार्वजनिक भएपछि मात्रै पदाधिकारी चयन प्रक्रिया अघि बढाइने जनाइएको छ।

रास्वपाका नेताहरूका अनुसार पदाधिकारी चयनका लागि सकेसम्म सर्वसम्मतिको प्रयास गरिनेछ। सहमति कायम भए निर्वाचनको आवश्यकता नपर्ने भए पनि सहमति जुट्न नसके पार्टीका विभिन्न छ पदका लागि निर्वाचन हुने व्यवस्था रहेको छ।

पार्टीका सहमहामन्त्री विपिनकुमार आचार्यले राजनीतिक दलहरूमा पदाधिकारी चयन गर्दा सहमतिलाई प्राथमिकता दिने अभ्यास रहेकाले रास्वपाले पनि त्यही विधि अपनाउने प्रयास गरिरहेको बताए। उनले सहमतिको सम्भावना अन्तिमसम्म खोजिने र त्यसो हुन नसके लोकतान्त्रिक प्रक्रियाअनुसार निर्वाचनमार्फत पदाधिकारी चयन गरिने स्पष्ट पारे।

रास्वपाको प्रथम महाधिवेशनमा केन्द्रीय सदस्य चयनपछि सभापति, उपसभापति, महामन्त्रीसहितका पदाधिकारी चयन हुनेछन्। महाधिवेशनको अन्तिम चरणमा नेतृत्व चयनलाई लिएर प्रतिनिधिहरूको चासो बढेको छ।

प्रकाशित मिति : ११ असार २०८३, बिहिबार  ३ : ४५ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र