केन्द्रीय सदस्यको मतगणना जारी, दुई घण्टाभित्र नतिजा आउने  « Khabarhub

केन्द्रीय सदस्यको मतगणना जारी, दुई घण्टाभित्र नतिजा आउने 


११ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य पदका लागि भएको निर्वाचन सम्पन्न भएको छ । निर्वाचन सम्पन्न भएसँगै मतगणना प्रक्रिया सुरु भएको र करिब दुई घण्टाभित्र नतिजा सार्वजनिक हुने अपेक्षा गरिएको छ।

राम–लक्ष्मण भोटिङ मेसिनमार्फत मतदान गरिएको उक्त निर्वाचनको नतिजा सार्वजनिक भएपछि मात्रै पदाधिकारी चयन प्रक्रिया अघि बढाइने जनाइएको छ।

रास्वपाका नेताहरूका अनुसार पदाधिकारी चयनका लागि सकेसम्म सर्वसम्मतिको प्रयास गरिनेछ। सहमति कायम भए निर्वाचनको आवश्यकता नपर्ने भए पनि सहमति जुट्न नसके पार्टीका विभिन्न छ पदका लागि निर्वाचन हुने व्यवस्था रहेको छ।

पार्टीका सहमहामन्त्री विपिनकुमार आचार्यले राजनीतिक दलहरूमा पदाधिकारी चयन गर्दा सहमतिलाई प्राथमिकता दिने अभ्यास रहेकाले रास्वपाले पनि त्यही विधि अपनाउने प्रयास गरिरहेको बताए। उनले सहमतिको सम्भावना अन्तिमसम्म खोजिने र त्यसो हुन नसके लोकतान्त्रिक प्रक्रियाअनुसार निर्वाचनमार्फत पदाधिकारी चयन गरिने स्पष्ट पारे।

रास्वपाको प्रथम महाधिवेशनमा केन्द्रीय सदस्य चयनपछि सभापति, उपसभापति, महामन्त्रीसहितका पदाधिकारी चयन हुनेछन्। महाधिवेशनको अन्तिम चरणमा नेतृत्व चयनलाई लिएर प्रतिनिधिहरूको चासो बढेको छ।

प्रकाशित मिति : ११ असार २०८३, बिहीबार  ३ : ४५ बजे

धनुषामा बिहान ८ बजेसम्म लागि कर्फ्यु खुकुलो

जनकपुरधाम– जिल्ला प्रशासन कार्यालय धनुषाले जिल्लामा बिहीबार जारी गरेको कर्फ्यु

पाकिस्तानी ब्रोड पिकमा हिमपहिरो, निर्मल पुर्जासहित १० आरोही बेपत्ता

काठमाडौं– प्रसिद्ध पर्वतारोही निर्मल पुर्जा पाकिस्तानको ब्रोड पिक हिमालमा आएको

देवानगञ्ज घटनामा मृतकका परिवार र सरकारबीच ७ बुँदे सम्झौता, शहीद घोषणा प्रक्रिया अघि बढाइने

काठमाडौँ– सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कमानागाछीमा यही साउन १० गते भएको

‘मास्टर्नी’ले फर्काउला त प्रियंकाको गुमेको क्रेज ?

काठमाडौँ – दशकको अवधिका एक–दुई नायक–नायिका प्राइममा रहन्छन् । नयाँ

देशभर मनसुनी वायुको प्रभाव, केही भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल