नेपाल मेडिकल काउन्सिलद्वारा घरमै बसेर उजुरी दिन सकिने पोर्टल सञ्चालन « Khabarhub

नेपाल मेडिकल काउन्सिलद्वारा घरमै बसेर उजुरी दिन सकिने पोर्टल सञ्चालन


११ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल मेडिकल काउन्सिल (एनएमसी) ले आफ्नो सेवा प्रवाहलाई थप पारदर्शी, छरितो, उत्तरदायी तथा प्रविधिमैत्री बनाउन ‘हेलो एनएमसी’ डिजिटल जिज्ञासा, गुनासो, उजुरी तथा सुझाव पोर्टल सञ्चालनमा ल्याएको छ । काउन्सिलले बुधबार सार्वजनिक सूचना जारी गर्दै आम नागरिक तथा दर्तावाला चिकित्सकले अब काउन्सिलको कार्यालयमा भौतिक रूपमा उपस्थित नभई घरबाटै अनलाइनमार्फत जिज्ञासा, गुनासो, उजुरी तथा सुझाव दर्ता गर्न सक्ने जनाएको हो ।

काउन्सिलका अनुसार चिकित्सा क्षेत्र, प्रशासनिक सेवा तथा काउन्सिलका कामकारबाहीसँग सम्बन्धित कुनै पनि विषयमा डिजिटल माध्यमबाट गुनासो वा सुझाव पेश गर्न सकिने व्यवस्था गरिएको छ । पोर्टलमार्फत सेवा लिन दर्तावाला चिकित्सकहरूले आफ्नो व्यक्तिगत खातामा लगइन गरी उजुरी तथा गुनासो दर्ता गर्न सक्नेछन् ।

यस्तै, सर्वसाधारणले काउन्सिलको वेबसाइटमा रहेको ‘हेलो एनएमसी’ पोर्टलमार्फत आफ्ना जिज्ञासा, उजुरी वा सुझाव पेश गर्न सक्नेछन् । क्यूआर कोड स्क्यान गरेर वा आधिकारिक इमेलमार्फत पनि उजुरी पठाउन सकिने व्यवस्था गरिएको काउन्सिलले जनाएको छ ।

नयाँ प्रणालीको विशेषता उजुरीकर्ताको गोपनीयता र उजुरीको अवस्थाबारे निरन्तर जानकारी पाउने सुविधा रहेको छ। काउन्सिलका अनुसार उजुरीकर्ताले आफ्नो पहिचान खुलाएर वा नाम गोप्य राखेर उजुरी दर्ता गर्न सक्नेछन् । साथै, नाम खुलाइएका उजुरीको गोपनीयता पनि पूर्ण रूपमा सुरक्षित राखिनेछ ।

त्यसैगरी, उजुरी दर्ता भएपछि प्रणालीले स्वतः ‘युनिक ट्र्याकिङ नम्बर’ उपलब्ध गराउनेछ । सोही नम्बरका आधारमा उजुरीको प्रगतिबारे जानकारी एसएमएस र इमेलमार्फत प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ ।

नेपाल मेडिकल काउन्सिलका निमित्त रजिष्ट्रार डा. दिपेन्द्र पाण्डेले प्राप्त उजुरी, गुनासो तथा रचनात्मक सुझावको प्रभावकारी सम्बोधन गर्दै काउन्सिलको सेवालाई अझ जवाफदेही, पारदर्शी र नागरिकमैत्री बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । काउन्सिलले डिजिटल माध्यमको प्रयोगमार्फत नागरिक र चिकित्सकसँगको सम्पर्कलाई सहज बनाउँदै सेवा प्रवाहमा सुधार ल्याउने अपेक्षा गरेको जनाएको छ ।

प्रकाशित मिति : ११ असार २०८३, बिहीबार  ४ : ४५ बजे

‘छोराले जीवनको बोझ उठाउन नसके, म बुढोले छोराको लास कसरी उठाउने ?’

काठमाडौं – पहिल्यै उसले देशमा उद्यम, व्यापार र रोजगारको प्रयास–संघर्ष

नबिल बैंक युरोमनी अवार्डस् फर एक्सिलेन्स २०२६ मा नेपाल्स बेस्ट बैंकसहित तीन अवार्डबाट सम्मानित

काठमाडौं– नबिल बैंक लिमिटेड प्रतिष्ठित तीन वटा अवार्डबाट सम्मानित भएको छ

बर्खायाममा निर्वाचन क्षेत्रतिर सांसद, प्रतिपक्षको प्रश्न : खेतबारीमा व्यस्त जनताका कुरा कसरी सुन्ने ?

काठमाडौं- प्रतिनिधिसभा दुई साताका लागि स्थगित भएपछि अधिकांश सांसद यतिबेला

औषधिको मूल्य समायोजन प्रक्रिया अघि बढाउँदै सरकार

काठमाडौं– क्यान्सर तथा अन्य केही गम्भीर रोगको उपचारमा प्रयोग हुने

हर्मुज खुला राख्न आसियानको जोड

एजेन्सी– अमेरिका–इरान युद्धका कारण विश्व ऊर्जा आपूर्ति र समुद्री व्यापारमा