काठमाडौं– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सातौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित अध्यक्ष सरोज सिटौला र प्रमुख सल्लाहकार विजयबहादुर स्वाँरसहित पदाधिकारीलाई नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले सम्मान गरेको छ ।
संगठनको ४७ औं स्थापना दिवसको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रम अन्तरगत बिहीबार कोटेश्वरमा एक कार्यक्रमको आयोजना गरि बधाई तथा सम्मान गरिएको संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले बताए ।
बधाई तथा सम्मान गरिएकामा अध्यक्ष र प्रमुख सल्लाहकार, महासचिव डेकनाथ गौतम सहित उपत्यकाबाट निर्वाचित पदाधिकारी छन् ।
जसमा वरिष्ठ उपाध्यक्ष सानुकाजी प्रजापति, उपाध्यक्ष आत्माराम थापा, यादवलाल श्रेष्ठ, चन्द्रा ओझा, कान्छाराम थिङ, कान्छामान बल, जितबहादुर भारती छन् ।
त्यस्तै उपमहासचिव देविन श्रेष्ठ, पुरुषोत्तम सिंखडा, सचिव चेतप्रसाद गौतम (अर्जुन), कोषाध्यक्ष राजेन्द्र आचार्य र बागमती प्रदेश संयोजक सुवन गिरी रहेका छन् ।
कार्यक्रमका प्रमुख अतिथि संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले निर्वाचित पदाधिकारीलाई बधाई तथा सम्मानपत्र हस्तान्तरण गरे।
उनले नेपालको सार्वजनिक यातायात क्षेत्रमा भएको निजी क्षेत्रको लगानीको सुरक्षा, कार्यरत श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमा सूचीकरणसहितको संरक्षण चाहिएको बताए ।
राईले यात्रुको सुरक्षित यात्रा अधिकारलाई स्थापित गर्न यातायात क्षेत्रमा कार्यरत मजदुर संगठन र यातायात व्यवसायी मिलेर अघि बढ्नुको विकल्प नभएको बताए ।
त्यस्तै नवनिर्वाचित महासंघका अध्यक्ष पूण्यप्रसाद सिटौला (सरोज) ले सरकार आक्रामक रुपमा अघि बढिरहेकाले माग र मुद्दामा सहकार्यका लागि महासंघ सधैँ प्रतिबद्ध रहेको बताए ।
त्यस्तै महासंघका प्रमुख सल्लाहकारले मजदुरहरूको पृष्ठभूमिबाट महासंघको नेतृत्वमा पुगेका महासंघका अधिकांश संगठनले सम्मान गरेकोमा खुशी लागेको बताए ।
कार्यक्रममा संगठन बागमती प्रदेशले आयोजना गरेको ७३ जना रक्तदाता यातायात मजदुरलाई प्रमाणपत्र प्रदान गरिएको थियो । त्यस्तै बागमती प्रदेश कमिटीको हाजिरीजवाफ प्रतियोतिमा प्रथम, द्वितीय र तृतीय टिमलाई नगद पुरस्कार र ट्रफी प्रदान गरिएको थियो ।












प्रतिक्रिया