नेपाल भलिबल लिगमा सहभागी हुने फ्रेन्चाइज भलिबल टीमको नाम सार्वजनिक « Khabarhub

नेपाल भलिबल लिगमा सहभागी हुने फ्रेन्चाइज भलिबल टीमको नाम सार्वजनिक


११ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल भलिबल लिग (एनभीएल)मा सहभागी हुने फ्रेन्चाइज भलिबल टीमको नाम सार्वजनिक गरिएको छ ।

केडिया ग्रुप अन्तर्गतको नेपाल भलिबल लिगले बिहीबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै यसै वर्ष आयोजना हुने एनभीएलमा सहभागी हुने ६ फ्रेन्चाइज भलिबल टीमको नाम सार्वजनिक गरिएको हो । 

एनभीएलमा सगरमाथा शमशेर, मधेश वारियर्स, काठमाडौं रेडर्स, अन्नपूर्ण स्पाइकर किङ्स, कर्णाली शिवराज र खप्तड फाल्कन्सले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ ।

६ टीम बाहेक सहभागी हुन इच्छुक २ वटा टीमका लागि आवदेन खुला राखिएको समेत नेपाल भलिबल लिगले जनाएको छ । त्रिपुरेश्वरस्थीत राखेप कवर्डहलमा आयोजना हुने लिगको मिति भने छिटै सार्वजनिक गरिने नेपाल भलिबल लिगका प्रमुख कार्यकारी अधिकृत डा सन्तोष उपाध्ययले जानकारी दिए ।

समग्र नेपाली भलिबलको विकास र विस्तारका लागि उचाइको नयाँ उडानलाई नेपाल भलिबल लिगको नारा बनाइएको उनले बताए । उनले लिगले नेपाली भलिबलको स्तरलाई थप नयाँ उचाइमा पुराउने विश्वास व्यक्त गरे । 

कार्यक्रममा नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्दले संघ नेपाली भलिबलको विकासमा निरन्तर रहेकाले प्रतियोगिताहरूलाई प्राथमिकतामा राख्ने बताए । 

उनले नियम कानुनको पालना गरेर प्रतियोगिता आयोजना गरे संघ मध्यस्थकर्ता गर्न तयार रहेको उल्लेख गरे  । 
 

प्रकाशित मिति : ११ असार २०८३, बिहीबार  ५ : ३५ बजे

भोटेकोशी बाढी : सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र

काठमाडौं – रसुवास्थित भोटेकोशी बाढीका कारण सुरक्षाकर्मी, कर्मचारी, जलविद्युत् आयोजनाको

भोटेकोशी बाढी : गोरखामा थप सात शव व्यवस्थापन

गोरखा – भोटेकोशी बाढीका कारण मृत्यु भई रसुवा, नुवाकोटलगायत क्षेत्रबाट

भोटेकोशी बाढी : नागरिक लगानी कोषद्वारा एक करोड सहयोग

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नागरिकको राहत

इरानी ड्रोन आक्रमणमा ‘खतरनाक वृद्धि’

दुबई – संयुक्त अरब एमिरेट्सले सोमबार आफ्नो क्षेत्रीय जलक्षेत्रमाथि रोक्का

बाढीको छैटौं दिन प्रधानमन्त्रीले भने : हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छ

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले सरकारले बाढी प्रभावित नागरिकको खोज,