छ पदाधिकारीका लागि ३० भन्दा बढी आकांक्षी « Khabarhub

छ पदाधिकारीका लागि ३० भन्दा बढी आकांक्षी


११ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य पदको निर्वाचन सम्पन्न भएको छ। अब दोस्रो चरणमा पदाधिकारी चयनका लागि निर्वाचन हुने तयारी भइरहेको छ।

पार्टीको ५०० सदस्यीय केन्द्रीय समितिका लागि ३८४ जनाले उम्मेदवारी दिएका छन्। केन्द्रीय सदस्यको नतिजापछि मात्रै पदाधिकारी निर्वाचन प्रक्रिया अघि बढ्ने भएकाले पदाधिकारी बन्न चाहने आकांक्षीहरूले सर्वप्रथम केन्द्रीय सदस्यमा निर्वाचित हुनुपर्ने व्यवस्था छ।

पार्टी नेताहरूका अनुसार छ पदाधिकारी पदका लागि ३० जनाभन्दा बढी नेताहरूले इच्छा व्यक्त गरेका छन्। पदाधिकारी निर्वाचनमा पराजित भएका केही आकांक्षीलाई पनि आवश्यकताअनुसार सचिवालय सदस्यमा सभापति रवि लामिछानेले मनोनयन गर्न सक्ने सम्भावना रहेको नेताहरूको भनाइ छ।

रास्वपाका नेता विराजभक्त श्रेष्ठले देशको प्रमुख राजनीतिक शक्तिका रूपमा स्थापित हुँदै गएको पार्टीमा पदाधिकारी बन्ने आकांक्षा स्वाभाविक रहेको बताए। उनले सहमतिको प्रयास हुन सक्ने भए पनि त्यसका नाममा कसैलाई अन्याय नगर्ने स्पष्ट पारे।

‘सहमतिको प्रयास हुन सक्छ, तर सहमतिकै नाममा निर्वाचनमा उठ्न चाहने साथीहरूलाई अन्याय हुँदैन,’ श्रेष्ठले भने, ‘पहिलो महाधिवेशन भएकाले हामीले धेरै कुरा सिक्नुपर्ने निष्कर्षमा पुगेका छौं।’

उनले धेरै नेताहरूले पदाधिकारी बन्ने इच्छा राख्नु पार्टीको विस्तार र आकर्षणको संकेत भएको पनि बताए।

‘धेरै साथीहरूले आकांक्षा राख्नु गलत कुरा होइन। बरु ठूलो पार्टीमा थोरै नेताहरूले मात्रै आकांक्षा राख्दा पो शंका गर्ने ठाउँ हुन्छ,’ उनले भने।

रास्वपाले स्थापना भएको चार वर्षपछि पहिलोपटक महाधिवेशन आयोजना गरेको हो। विभिन्न पृष्ठभूमि र समूहबाट आएका नेताहरूलाई समेट्ने उद्देश्यसहित पार्टीले १९ पदाधिकारीमध्ये ६ पदमा मात्रै निर्वाचन गर्ने र बाँकी पदाधिकारी सभापतिले चयन गर्ने व्यवस्था गरेको छ। यस व्यवस्थाले नेतृत्व चयनमा प्रतिस्पर्धा र समावेशिताबीच सन्तुलन कायम गर्ने पार्टीको अपेक्षा रहेको छ।

प्रकाशित मिति : ११ असार २०८३, बिहीबार  ५ : ४९ बजे

पाकिस्तानी ब्रोड पिकमा हिमपहिरो, निर्मल पुर्जासहित १० आरोही बेपत्ता

काठमाडौं– प्रसिद्ध पर्वतारोही निर्मल पुर्जा पाकिस्तानको ब्रोड पिक हिमालमा आएको

देवानगञ्ज घटनामा मृतकका परिवार र सरकारबीच ७ बुँदे सम्झौता, शहीद घोषणा प्रक्रिया अघि बढाइने

काठमाडौँ– सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कमानागाछीमा यही साउन १० गते भएको

‘मास्टर्नी’ले फर्काउला त प्रियंकाको गुमेको क्रेज ?

काठमाडौँ – दशकको अवधिका एक–दुई नायक–नायिका प्राइममा रहन्छन् । नयाँ

देशभर मनसुनी वायुको प्रभाव, केही भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

व्यावसायिक अधिकार बेच्ने फिफाको योजनाप्रति युइएफएको आपत्ति, विश्वकप बहिष्कारको चेतावनी

एजेन्सी— अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) ले विश्वकप र आफ्ना अन्य