पासपोर्ट छुटाइदिने भन्दै ६ लाखको बार्गेनिङ, दुई युवा पक्राउ « Khabarhub

पासपोर्ट छुटाइदिने भन्दै ६ लाखको बार्गेनिङ, दुई युवा पक्राउ


११ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतबाट युरोपेली मुलुकहरूको भिसा लगाएर नेपाली नागरिकका पासपोर्ट काठमाडौंसम्म पुर्‍याउने संगठित नेटवर्क सक्रिय रहेको तथ्य प्रहरीले गरेको अनुसन्धानबाट खुलेको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयले नागढुंगाबाट बरामद गरेको २१ थान पासपोर्टको अनुसन्धानका क्रममा यस्तो संकेत फेला परेको हो ।

प्रहरीका अनुसार असार ६ गते नयाँ दिल्लीबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश–१–००६ ख ७४५४ नम्बरको यात्रुबाहक बसबाट २१ वटा पासपोर्ट बरामद गरिएको थियो । उक्त बसका चालक सिन्धुलीको कमलामाई नगरपालिका निवासी ४६ वर्षीय जितबहादुर तामाङलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको छ।

अनुसन्धानका क्रममा पासपोर्टहरू भारतमै युरोप जाने भिसा प्रक्रिया पूरा गरी नेपाल ल्याइँदै गरेको आशंका बलियो बनेको प्रहरीले जनाएको छ। यस विषयमा थप प्रमाण संकलन गर्दै सम्भावित मानव तस्करी तथा अवैध वैदेशिक रोजगारीसँग सम्बन्धित कोणबाट समेत अनुसन्धान भइरहेको छ ।

यही प्रकरणमा पासपोर्ट फिर्ता गराइदिने भन्दै आर्थिक चलखेल गरेको आरोपमा थप दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको मेलम्चीका ३६ वर्षीय राजेन्द्र ढकाल (निर्मल ढकाल) र काठमाडौंको तार्केश्वर नगरपालिका निवासी ३० वर्षीय विशाल खड्का रहेका छन्।

प्रहरीका अनुसार उनीहरूले पासपोर्ट छुटाउन ठूलो रकम आवश्यक पर्ने भन्दै सम्बन्धित व्यक्तिहरूसँग मोलमोलाइ गरेका थिए। प्रारम्भिक अनुसन्धानमा एउटा पासपोर्टका लागि तत्काल १५ हजार रुपैयाँ बुझाउनुपर्ने र बाँकी रकम पछि दिनुपर्ने प्रस्ताव गरिएको खुलेको छ। उनीहरूले प्रहरीका उच्च अधिकारीसम्म मिलाउनुपर्ने भन्दै रकम मागेको आरोपसमेत लागेको छ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी शरतकुमार थापाका अनुसार पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ। प्रहरीले अहिले भारत–नेपाल हुँदै सञ्चालन भइरहेको सम्भावित भिसा तथा पासपोर्ट नेटवर्कको गहिरो अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति : ११ असार २०८३, बिहीबार  ८ : ४२ बजे

तीन महिनामा तीन हजार २९६ विपद्का घटना , १६० जनाको मृत्यु

काठमाडौं– बितेका तीन महिनामा देशभर विपद्का तीन हजार २९६ घटना

२३ अर्ब बक्यौता तिरेर जुर्मुराउँदै स्वास्थ्य बीमा : संकट टार्न सुविधा थैलीमा कटौती

काठमाडौँ – आम नागरिकलाई सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान

पहिरो पन्छाइएपछि नागढुंगा–मुग्लिन र मुग्लिन–नारायणगढ सडक दुईतर्फी सञ्चालनमा

काठमाडौं- लगातारको वर्षापछि विभिन्न स्थानमा पहिरो खसेर प्रभावित नागढुंगा–मुग्लिन र मुग्लिन–नारायणगढ

कञ्चनपुरमा जापानिज इन्सेफ्‌लाइटिसको जोखिम कायमै

कञ्चनपुर– चार वर्षदेखि जापानिज इन्सेफ्‌लाइटिस पुष्टि भएका बिरामी नदेखिएको कञ्चनपुरमा

प्रचारको अभावमा भोजपुरको ‘छरछरे पखुवा देवस्थल’ ओझेलमा

भोजपुर– भोजपुर नगरपालिका–१ हेलौछामा अवस्थित धार्मिक तथा ऐतिहासिक महत्व बोकेको