रास्वपा निर्वाचन : कोशीमा निशालाई सर्वाधिक मत, विश्वराज दोस्रो « Khabarhub

रास्वपा निर्वाचन : कोशीमा निशालाई सर्वाधिक मत, विश्वराज दोस्रो


११ असार २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य निर्वाचनको कोशी प्रदेश समूहको मतपरिणाम सार्वजनिक भएको छ ।

मतपरिणामअनुसार निशा मेहताले १ हजार ८ सय ६१ मत प्राप्त गर्दै कोसी प्रदेश समूहमा सबैभन्दा धेरै मत ल्याएकी छन् ।

यस्तै, पूर्व प्रहरी अधिकारी विश्वराज पोखरेलले १ हजार ४ सय ६० मत प्राप्त गर्दै दोस्रो स्थान हासिल गरेका छन्। शोभा कार्कीले १ हजार २ सय ४ मत र कल्पना थापाले ९ सय ३९ मत प्राप्त गर्दै विजयी हुने उम्मेदवारहरूको सूचीमा स्थान बनाए ।

यसैगरी सुजाता तामाङले ८३९, लालविक्रम थापाले ७८३, सयमलाल चौधरीले ७५८, प्रकाश पाठकले ७४३, वीरेन्द्र श्रेष्ठले ६३१, राजकुमार राईले ६२४ तथा पारमणि गेलालले ६१३ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति : ११ असार २०८३, बिहिबार  ९ : १७ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र