रास्वपा महाधिवेशनमा विवाद, मतपरिणामपछि नाराबाजी « Khabarhub

रास्वपा महाधिवेशनमा विवाद, मतपरिणामपछि नाराबाजी


११ असार २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


372
Shares
  • change font
  • change font
  • change font

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य निर्वाचनको मतपरिणाम सार्वजनिक भएपछि महाधिवेशनस्थलमा विवाद उत्पन्न भएको छ । ९९ केन्द्रीय सदस्यको नतिजा घोषणा भएसँगै केही उम्मेदवार, प्रतिनिधि तथा शुभेच्छुकहरूले निर्वाचन प्रक्रियाप्रति असन्तुष्टि जनाएका छन् ।

मतपरिणाम सार्वजनिक भएपछि निर्वाचन आयोगको कार्यालय अगाडि भेला भएका असन्तुष्ट पक्षले विरोध प्रदर्शन र नाराबाजी गरेका छन् । उनीहरूले उम्मेदवारहरूको नामावली र नतिजा सार्वजनिक गर्ने प्रक्रियामाथि प्रश्न उठाउँदै स्पष्ट जवाफ मागेका छन् ।

विरोधमा उत्रिएका केही उम्मेदवारले आफूहरूले उम्मेदवारी दर्ता गराए पनि अन्तिम सूचीमा आफ्नो नाम नरहेको दाबी गरेका छन् । उनीहरूले सार्वजनिक गरिएको मतपरिणाममा समेत आफ्नो विवरण समावेश नभएको भन्दै निर्वाचन प्रक्रियाको निष्पक्षतामाथि शंका व्यक्त गरेका छन्।

महाधिवेशन प्रतिनिधिहरूको एक समूहले व्यवस्थापन पक्षको कमजोरीका कारण सुरुदेखि नै असन्तुष्टि बढ्दै गएको आरोप लगाएका छन् । उनीहरूका अनुसार महाधिवेशन सञ्चालन, उम्मेदवार व्यवस्थापन र सूचना प्रवाहमा देखिएको कमजोरीले प्रतिनिधिहरूलाई निराश बनाएको छ।

प्रकाशित मिति : ११ असार २०८३, बिहिबार  १० : १८ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र