रास्वपा महाधिवेशनमा विवाद, मतपरिणामपछि नाराबाजी « Khabarhub

रास्वपा महाधिवेशनमा विवाद, मतपरिणामपछि नाराबाजी


११ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


372
Shares
  • change font
  • change font
  • change font

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य निर्वाचनको मतपरिणाम सार्वजनिक भएपछि महाधिवेशनस्थलमा विवाद उत्पन्न भएको छ । ९९ केन्द्रीय सदस्यको नतिजा घोषणा भएसँगै केही उम्मेदवार, प्रतिनिधि तथा शुभेच्छुकहरूले निर्वाचन प्रक्रियाप्रति असन्तुष्टि जनाएका छन् ।

मतपरिणाम सार्वजनिक भएपछि निर्वाचन आयोगको कार्यालय अगाडि भेला भएका असन्तुष्ट पक्षले विरोध प्रदर्शन र नाराबाजी गरेका छन् । उनीहरूले उम्मेदवारहरूको नामावली र नतिजा सार्वजनिक गर्ने प्रक्रियामाथि प्रश्न उठाउँदै स्पष्ट जवाफ मागेका छन् ।

विरोधमा उत्रिएका केही उम्मेदवारले आफूहरूले उम्मेदवारी दर्ता गराए पनि अन्तिम सूचीमा आफ्नो नाम नरहेको दाबी गरेका छन् । उनीहरूले सार्वजनिक गरिएको मतपरिणाममा समेत आफ्नो विवरण समावेश नभएको भन्दै निर्वाचन प्रक्रियाको निष्पक्षतामाथि शंका व्यक्त गरेका छन्।

महाधिवेशन प्रतिनिधिहरूको एक समूहले व्यवस्थापन पक्षको कमजोरीका कारण सुरुदेखि नै असन्तुष्टि बढ्दै गएको आरोप लगाएका छन् । उनीहरूका अनुसार महाधिवेशन सञ्चालन, उम्मेदवार व्यवस्थापन र सूचना प्रवाहमा देखिएको कमजोरीले प्रतिनिधिहरूलाई निराश बनाएको छ।

प्रकाशित मिति : ११ असार २०८३, बिहीबार  १० : १८ बजे

पाकिस्तानी ब्रोड पिकमा हिमपहिरो, निर्मल पुर्जासहित १० आरोही बेपत्ता

काठमाडौं– प्रसिद्ध पर्वतारोही निर्मल पुर्जा पाकिस्तानको ब्रोड पिक हिमालमा आएको

देवानगञ्ज घटनामा मृतकका परिवार र सरकारबीच ७ बुँदे सम्झौता, शहीद घोषणा प्रक्रिया अघि बढाइने

काठमाडौँ– सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कमानागाछीमा यही साउन १० गते भएको

‘मास्टर्नी’ले फर्काउला त प्रियंकाको गुमेको क्रेज ?

काठमाडौँ – दशकको अवधिका एक–दुई नायक–नायिका प्राइममा रहन्छन् । नयाँ

देशभर मनसुनी वायुको प्रभाव, केही भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

व्यावसायिक अधिकार बेच्ने फिफाको योजनाप्रति युइएफएको आपत्ति, विश्वकप बहिष्कारको चेतावनी

एजेन्सी— अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) ले विश्वकप र आफ्ना अन्य