रिमा विश्वकर्माले सहमहामन्त्रीमा उम्मेदवारी दिने « Khabarhub

रिमा विश्वकर्माले सहमहामन्त्रीमा उम्मेदवारी दिने


११ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन चितवनमा जारी रहेका बेला प्रतिनिधिसभा सदस्य रिमा विश्वकर्माले सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन्।

महाधिवेशनस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै विश्वकर्माले पार्टीलाई संस्थागत, समावेशी र जनमुखी बनाउन आफूले सहमहामन्त्री पदमा उम्मेदवारी दिन लागेको बताइन् ।

उनले रास्वपाले वैकल्पिक राजनीतिक शक्तिको रूपमा स्थापित हुने क्रममा संगठनलाई अझ बलियो बनाउनुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै त्यसका लागि आफ्नो अनुभव र क्षमताको उपयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

विश्वकर्माले पार्टीभित्र महिला, युवा तथा सीमान्तकृत समुदायको सहभागिता र नेतृत्व विकासलाई प्राथमिकतामा राखेर काम गर्ने बताइन् । रास्वपाले उठाएका सुशासन, पारदर्शिता र जवाफदेहिताका एजेन्डालाई संगठनको तल्लो तहसम्म प्रभावकारी रूपमा कार्यान्वयन गर्न आफूले भूमिका खेल्ने उनको भनाइ छ ।

प्रकाशित मिति : ११ असार २०८३, बिहीबार  १० : २७ बजे

गोरखामा भेटिएका २९ शवको अन्त्येष्‍टि गरियो

गोरखा– भोटेकोशीमा बुधबार गएको बाढीले बगाएर त्रिशूली नदीको गोरखातर्फको बगरमा

पूर्वाञ्चल विश्वविद्यालयका कर्मचारीको तलब विपद् कोषमा जम्मा गरिने

काठमाडौं–  प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउन

भोटेकोशी बाढी : राहत सामग्रीका विषयमा मन्त्री चौधरीले गरिन् सांसदसँग छलफल

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले भोटेकोशी बाढी प्रभावित

रसुवा बाढी : २ सय २७ शव व्यवस्थापनका लागि लगिँदै

चितवन – रसुवा क्षेत्रमा आएको बाढीमा परी नारायणी नदीमा भेटिएका बेवारिसे

नौ जलविद्युत् आयोजनाबाट ५३७ जना सम्पर्कविहीन

काठमाडौं– भोटेकोशी नदीमा गएको बाढीबाट नौ वटा जलविद्युत् आयोजनाका ५३७