रास्वपा महामन्त्री दौडमा रञ्जुको इन्ट्री, सोबिता उपसभापतिमा लड्ने « Khabarhub

रास्वपा महामन्त्री दौडमा रञ्जुको इन्ट्री, सोबिता उपसभापतिमा लड्ने


११ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत महामन्त्री पदको प्रतिस्पर्धामा रञ्जु दर्शना प्रवेश गरेकी छन् । हालसम्म महामन्त्री पदका लागि उम्मेदवारी घोषणा गर्ने उनी पहिलो महिला नेतृ बनेकी छन् ।

खुला समूहबाट महामन्त्री पदमा प्रतिस्पर्धा गर्ने घोषणा गरेकी रञ्जु पूर्व विवेकशील साझाकी महामन्त्रीसमेत हुन् । विवेकशील साझाबाट राजनीतिक यात्रा अघि बढाएकी उनी रास्वपामा प्रवेश गरेपछि पार्टी संगठन निर्माण र वैचारिक बहसमा सक्रिय रहँदै आएकी छन् ।

रञ्जुले खुला समूहबाट महामन्त्रीमा उम्मेदवारी दिने निर्णयसँगै नेतृत्व चयनको प्रतिस्पर्धा थप रोचक बनेको छ। अहिलेसम्म अधिकांश पुरुष नेताहरूले मात्र महामन्त्री पदमा दाबी प्रस्तुत गरिरहेका बेला रञ्जुको उम्मेदवारीलाई महिला नेतृत्वको बलियो उपस्थितिका रूपमा हेरिएको छ ।

महाधिवेशनको सुरुआती चरणमा सांसद सोबिता गौतमले महामन्त्री पदमा उम्मेदवारी दिने चर्चा भए पनि उनले अन्ततः महिला उपसभापति पदमा उम्मेदवारी घोषणा गरेकी छन् ।

प्रकाशित मिति : ११ असार २०८३, बिहीबार  १० : ५२ बजे

गोरखामा भेटिएका २९ शवको अन्त्येष्‍टि गरियो

गोरखा– भोटेकोशीमा बुधबार गएको बाढीले बगाएर त्रिशूली नदीको गोरखातर्फको बगरमा

पूर्वाञ्चल विश्वविद्यालयका कर्मचारीको तलब विपद् कोषमा जम्मा गरिने

काठमाडौं–  प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउन

भोटेकोशी बाढी : राहत सामग्रीका विषयमा मन्त्री चौधरीले गरिन् सांसदसँग छलफल

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले भोटेकोशी बाढी प्रभावित

रसुवा बाढी : २ सय २७ शव व्यवस्थापनका लागि लगिँदै

चितवन – रसुवा क्षेत्रमा आएको बाढीमा परी नारायणी नदीमा भेटिएका बेवारिसे

नौ जलविद्युत् आयोजनाबाट ५३७ जना सम्पर्कविहीन

काठमाडौं– भोटेकोशी नदीमा गएको बाढीबाट नौ वटा जलविद्युत् आयोजनाका ५३७