बाढीपीडितको उद्धारमा निजी हेलिकप्टर परिचालन गर्न अनुमति नचाहिने « Khabarhub

बाढीपीडितको उद्धारमा निजी हेलिकप्टर परिचालन गर्न अनुमति नचाहिने


१० भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– तिब्बतबाट आएको भीषण बाढीले रसुवा हुँदै नेपालका विभिन्न क्षेत्रमा ठूलो क्षति पुर्‍याएपछि उद्धार कार्यलाई तीव्र बनाउने तयारी गरिएको छ । 

बाढीका कारण सडक, पुल, विद्युत् तथा अन्य भौतिक संरचनामा क्षति पुगेको छ भने केही स्थानमा मानिसहरू सम्पर्कविहीन भएका छन् । सम्पर्कविहीन व्यक्तिको यकिन संख्या भने अझै स्पष्ट हुन सकेको छैन ।

यस्तो विपद्को अवस्थामा उद्धार कार्यमा ढिलाइ नहोस् भन्दै सरकारले महत्त्वपूर्ण निर्णय गरेको छ । बाढीपीडितको उद्धारका लागि निजी क्षेत्रका हेलिकप्टरले छुट्टै अनुमति लिन नपर्ने भएको छ ।

प्रधानमन्त्री कार्यालयबाट निजी हेलिकप्टरलाई आवश्यकताअनुसार तत्काल उद्धार उडान गर्न सहजीकरण गर्ने निर्देशन दिइएको छ।

यस निर्णयसँगै दुर्गम तथा बाढीका कारण सडक सम्पर्क टुटेका क्षेत्रमा फसेका नागरिकको उद्धार छिटो हुने अपेक्षा गरिएको छ । सरकारले प्रभावित क्षेत्रमा उद्धार, राहत र क्षतिको विवरण संकलनलाई समेत प्राथमिकतामा राखेको जनाएको छ।

प्रकाशित मिति : १० भाद्र २०८३, बुधबार  १२ : ३१ बजे

गगन थापाको राजनीतिक यात्रा : विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म

काठमाडौँ– नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित भएका छन् ।

पृथ्वी राजमार्ग अवरुद्ध भएपछि नयाँ बसपार्कभित्रै रोकिए सवारीसाधन (तस्बिरहरू)

काठमाडौँ– पृथ्वी राजमार्ग अवरुद्ध भएपछि गोङ्गबुस्थित नयाँ बसपार्कबाट बाहिरिने लामो

काभ्रेमा दुई हजार ६०० मतदाता घटे

काभ्रे– जिल्ला निर्वाचन कार्यालय काभ्रेले मतदाता नामावली अद्यावधिक गरेको छ

भारतीय युट्युबर ध्रुव राठी पक्राउ

काठमाडौँ– भारतका चर्चित राजनीतिक युट्युबर ध्रुव राठी पक्राउ परेका छन्

सोह्र श्राद्धको अन्तिम दिन पशुपतिनाथ परिसरमा पिण्डदान गर्नेको भीड (तस्बिरहरू)

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा