मुख्यमन्त्री कार्यालयमा आपत्कालीन बैठक सुरु, मुख्यमन्त्री थापाद्धारा सावधानी अपनाउन अनुरोध « Khabarhub

मुख्यमन्त्री कार्यालयमा आपत्कालीन बैठक सुरु, मुख्यमन्त्री थापाद्धारा सावधानी अपनाउन अनुरोध


१० भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

हेटौँडा– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरको अध्यक्षतामा अहिले मुख्यमन्त्री कार्यालयमा आपत्कालीन बैठक सुरु भएको छ ।

रसुवामा आएको भीषण बाढीका कारण पुगेको क्षति र तत्काल उद्धार, खोजी एवं औषधोपचार र अन्य व्यवस्थापनका लागि आपत्कालीन बैठक सुरु भएको मुख्यमन्त्री थापा मगरले राससलाई जानकारी दिए ।

आपत्कालीन बैठकमा प्रदेशका मन्त्री, सचिव, विपद् व्यवस्थापनसँग सम्बन्धित अधिकारी, प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रमुखहरू, विपद् क्षेत्रका प्रदेशसभा सदस्यहरू सहभागी छन् ।

विपद् प्रभावित क्षेत्रको अवलोकन गरी राहत–उद्धारको पूर्वतयारीको काम भइरहेको जानकारी दिँदै मुख्यमन्त्री थापा मगरले प्रदेशभित्रका बाढी प्रभावित क्षेत्रमा बसोबास गर्ने बासिन्दालाई सुरक्षित स्थानमा जान आह्वान गरे ।

मुख्यमन्त्री थापा मगरले भने, ‘बागमती प्रदेश सरकारले आवश्यक समन्वय गरी विपद्को घडीमा गर्नुपर्ने काम सम्पूर्ण गर्नेछ । त्यसका लागि आवश्यक तयारी भइरहेको छ । आपत्कालीन बैठक सकिनासाथ प्रभावित क्षेत्रको अवलोकन गरेर राहत एवं उद्धारमा कुनै कसर बाँकी राखिने छैन, त्यसैअनुसार प्रदेश सरकार अघि बढ्ने छ ।’

प्रकाशित मिति : १० भाद्र २०८३, बुधबार  १ : २२ बजे

गगन थापाको राजनीतिक यात्रा : विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म

काठमाडौँ– नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित भएका छन् ।

पृथ्वी राजमार्ग अवरुद्ध भएपछि नयाँ बसपार्कभित्रै रोकिए सवारीसाधन (तस्बिरहरू)

काठमाडौँ– पृथ्वी राजमार्ग अवरुद्ध भएपछि गोङ्गबुस्थित नयाँ बसपार्कबाट बाहिरिने लामो

काभ्रेमा दुई हजार ६०० मतदाता घटे

काभ्रे– जिल्ला निर्वाचन कार्यालय काभ्रेले मतदाता नामावली अद्यावधिक गरेको छ

भारतीय युट्युबर ध्रुव राठी पक्राउ

काठमाडौँ– भारतका चर्चित राजनीतिक युट्युबर ध्रुव राठी पक्राउ परेका छन्

सोह्र श्राद्धको अन्तिम दिन पशुपतिनाथ परिसरमा पिण्डदान गर्नेको भीड (तस्बिरहरू)

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा