काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड विजयी भएको छ । बार्सिलोनाको घरेलु मैदान स्पोटिफाइ क्याम्पमा गएराति भएको खेलमा बार्सिलोनालाई २–१ गोलले हराउँदै रियल मड्रिडले जित निकालेको हो ।
रियल मड्रिडका लागि केलियन एमबाप्पेले दुई गोल गरेका थिए । बार्सिलोनाका राफिन्हाले एक गोल फर्काएका थिए ।
खेलको ४१औँ मिनेटमा एमबाप्पेले गोल गर्दै रियल मड्रिडलाई सुरुवाती अग्रता दिलाएका थिए । तर ६१औँ मिनेटमा बार्सिलोनाका राफिन्हाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।
त्यसपछि ८७औँ मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै रियल मड्रिडलाई २–१ गोलको जित दिलाए ।
यो खेलसँगै पराजितका बाबजुद बार्सिलोना १० खेलबाट २७ अंकका साथ अंक तालिकाको शीर्षस्थानमा यथावत रहेको छ । जित निकालेको रियल मड्रिड २४ अंकसहित तेस्रो स्थानमा छ । दोस्रो स्थानमा रहेको एथ्लेटिको मड्रिडको २५ अंक छ ।














प्रतिक्रिया