दोस्रो झापा महिला गोल्डकप मङ्सिर ५ गतेदेखि « Khabarhub

दोस्रो झापा महिला गोल्डकप मङ्सिर ५ गतेदेखि


९ कार्तिक २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

झापा– दोस्रो झापा महिला आमन्त्रण गोल्डकप फुटबल आगामी मङ्सिर ५ देखि १२ गतेसम्म झापाको दूधे रङ्गशालामा हुने भएको छ । प्रतियोगिताबारे आयोजक झापा महिला गोल्डकपले आइतबार खेलमैदानमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको हो ।

देशकै प्रतिष्ठितमध्ये एक मानिने तथा सर्वाधिक चर्चा कमाएको प्रतियोगिताको दोस्रो संस्करणमा नेपालका तीन विभागीय टोलीसहित आठ टोलीको सहभागिता रहने आयोजक समितिका अध्यक्ष सन्तोष थापाले जानकारी दिए ।

प्रतियोगितामा नेपाल पुलिस, नेपाली सेना र सशस्त्र प्रहरीका टोलीसँगै भारत, भूटान र अर्को एक विदेशी टोली, एक ए डिभिजन क्लब तथा आयोजक टोली सहभागी हुनेछन् । आयोजकले कोशी प्रदेशका महिला खेलाडी छनोट गरी आफ्नो टोली पनि तयार पार्ने जनाएको छ ।

प्रतियोगिताको विजेताले ११ लाख र उपविजेताले पाँच लाख ५० हजार पुरस्कार पाउनेछन् । त्यस्तै, सर्वोत्कृष्ट खेलाडीले एक लाख ५० हजार प्राप्त गर्नेछन् भने उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, प्रशिक्षक र सर्वाधिक गोलकर्तालाई जनही २५ हजार प्रदान गरिने अध्यक्ष थापाले जानकारी दिए । प्रत्येक खेलको उत्कृष्ट खेलाडीलाई १५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।

प्रतियोगिता सञ्चालनका लागि एक करोड २५ लाख खर्च हुने अनुमान गरिएको छ । प्रतियोगितालाई लक्षित गरी दूधे रङ्गशालाको स्तरोन्नति भइरहेको र दर्शकका लागि बाँसको अस्थायी प्यारापिट निर्माण गरिने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : ९ कार्तिक २०८३, सोमबार  ९ : ४७ बजे

अर्घाखाँचीको मौलिक पहिचान सराये नाच

अर्घाखाँची– हातमा तरवार र खुडा, पञ्चेबाजाको गुञ्जायमान ताल अनि ‘वाख्यै

उत्तरगयाका बाढी प्रभावितलाई होल्डिङ सेन्टरमै नागरिकताको प्रतिलिपि दिइँदै

रसुवा– नुवाकोटमा अस्थायी रुपमा बसोबास गर्दै आएका रसुवाको उत्तरगया गाउँपालिकाका

तीन वर्षमा आठ प्रमुख शहरमा क्रिकेट रंगशाला निर्माण हुन्छ : मन्त्री लम्साल

काठमाडौँ– भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालले मुलुकका आठ

बबरमहलको आकाशे पुल सञ्चालनमा ल्याइँदै

काठमाडौँ– काठमाडौँको बबरमहलस्थित निर्माणाधीन आकाशे पुल यसै हप्ताभित्र सञ्चालनमा आउने

खोटाङमा एक व्यक्तिबाट श्रीमतीसहित चारजना माथि खुकुरी प्रहार

खोटाङ– खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारमा खुकुरी प्रहारबाट एउटै घरका