काठमाडौं- भारतले आफ्नो कूटनीतिक र सैन्य सम्बन्धलाई सुदृढ बनाउने उद्देश्यले बहुपक्षीय हवाई अभ्यास ‘तरङ्ग शक्ति’ को दोस्रो संस्करण सफलतापूर्वक सम्पन्न गरेको छ । सेप्टेम्बर २६ देखि अक्टोबर १२ सम्म राजस्थानको जोधपुरमा सञ्चालित उक्त अभ्यासमा भारतसहित अमेरिका, फ्रान्स, जर्मनी, अष्ट्रेलिया, बङ्गलादेश, श्रीलङ्का र संयुक्त अरब इमिरेट्स (युएई) को वायुसेनाको सहभागिता रहेको थियो । यसका साथै ३२ अन्य देशहरूले पर्यवेक्षकका रूपमा भाग लिएका थिए।
अभ्यासका क्रममा अमेरिकी पाँचौँ पुस्ताको लडाकु विमान एफ-३५, फ्रान्सेली राफेल, भारतीय एलसीए) र सुखोई तथा युएईको एफ-१६ लगायतका अत्याधुनिक विमानहरूले एकत्र भई उडान तथा युद्धाभ्यास गरेका थिए । यस बहुपक्षीय अभ्यासमा ८०० भन्दा बढी उडान (सोर्टिज) र ६०० घण्टाभन्दा बढीको हवाई अनुभव हासिल गरिएको भारतीय वायुसेनाले जनाएको छ।
जोधपुरमा आयोजित समापन समारोहमा भारतीय रक्षामन्त्री राजनाथ सिंहले भविष्यको रक्षा सम्बन्ध केवल सैन्य उपकरण र मञ्चमा मात्र सीमित नभई प्रविधि र पारस्परिक विश्वासमा आधारित हुने धारणा व्यक्त गरे ।
कतिपय विपरीत र प्रतिस्पर्धी विश्व शक्तिहरूसँग एकसाथ सैन्य अभ्यास गर्दै आएको भारतको यो कदमलाई उसको ‘रणनीतिक स्वायत्तता’ र सन्तुलित बहु-आयामिक परराष्ट्र नीतिको मुख्य उदाहरणका रूपमा हेरिएको छ। ‘तरङ्ग शक्ति’ बाहेक भारतले अमेरिकासाग ‘युद्ध अभ्यास’, रुससँग नौसैनिक अभ्यास ‘इन्द्र’, र ‘इब्सामार’ लगायतका धेरै द्विपक्षीय तथा बहुपक्षीय अभ्यासहरू सञ्चालन गर्दै आएको छ।














प्रतिक्रिया