दक्षिण कोरियामा ब्याजदर दुई वर्षयताकै उच्च, आर्थिक वृद्धिको प्रक्षेपण पनि बढ्यो « Khabarhub

दक्षिण कोरियामा ब्याजदर दुई वर्षयताकै उच्च, आर्थिक वृद्धिको प्रक्षेपण पनि बढ्यो


१० मंसिर २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सियोल- दक्षिण कोरियाको केन्द्रीय बैङ्कले मुद्रास्फीतिको दबाब नियन्त्रण गर्ने उद्देश्यले बिहीबार ब्याजदर २५ आधार बिन्दुले बढाएर ३.२५ प्रतिशत पुर्‍याएको छ । यो दुई वर्षयताकै उच्च ब्याजदर हो ।

केन्द्रीय बैङ्कले अगस्टपछि पहिलोपटक ब्याजदर वृद्धि गरेको हो । उपभोक्ता मूल्यवृद्धि दर दुई प्रतिशतको लक्ष्यभन्दा माथि रहेपछि ब्याजदर बढाउने निर्णय गरिएको बैङ्कले जनाएको छ ।

गत महिना दक्षिण कोरियाको उपभोक्ता मूल्य सूचकाङ्क २.८ प्रतिशत पुगेको थियो । खाद्य तथा ऊर्जा क्षेत्रको मूल्य उतारचढावलाई हटाएर गणना गरिने मूल मुद्रास्फीति दर पनि २.८ प्रतिशत नै रहेको थियो ।

यसैबीच, कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको विश्वव्यापी माग बढेसँगै सेमिकन्डक्टर निर्यातमा भएको वृद्धिका कारण केन्द्रीय बैङ्कले आर्थिक वृद्धिको प्रक्षेपणसमेत बढाएको छ । बैङ्कले दक्षिण कोरियाको अर्थतन्त्र सन् २०२६ मा ३.९ प्रतिशत र सन् २०२७ मा ४.१ प्रतिशतले विस्तार हुने अनुमान गरेको छ ।

‘मध्यपूर्वमा तनाव कायमै रहे पनि एआई क्षेत्रमा भइरहेको बलियो लगानीका कारण विश्व अर्थतन्त्रले ठोस वृद्धि कायम राख्ने अपेक्षा गरिएको छ,’ केन्द्रीय बैङ्कले जनाएको छ ।

यद्यपि, ऊर्जा मूल्यमा भएको वृद्धिले अर्थतन्त्रका विभिन्न क्षेत्रमा प्रभाव पार्न थालेकाले मुद्रास्फीतिको दबाब केही समय कायम रहने बैङ्कको प्रक्षेपण छ ।

सामसङ इलेक्ट्रोनिक्स र एसके हाइनिक्सजस्ता विश्वका प्रमुख चिप निर्माता कम्पनी रहेको दक्षिण कोरियाले यसै महिना पहिलोपटक वार्षिक निर्यात एक ट्रिलियन अमेरिकी डलर नाघेको घोषणा गरेको थियो । एआई प्रविधिको विस्तारसँगै सेमिकन्डक्टरको माग बढ्दा निर्यातमा उल्लेख्य वृद्धि भएको हो ।

केन्द्रीय बैङ्कका अनुसार चिप उद्योगको विस्तारले निर्यात र लगानी वृद्धिलाई निरन्तरता दिनेछ भने आम्दानी तथा सरकारी खर्चमा हुने वृद्धिले आन्तरिक उपभोगमा क्रमिक सुधार ल्याउने अपेक्षा गरिएको छ ।

तर, भविष्यको आर्थिक वृद्धिदर सेमिकन्डक्टर उद्योगको विस्तारले घरेलु अर्थतन्त्रमा पार्ने प्रभाव र मध्यपूर्वको अवस्थालगायतका विषयमा निर्भर रहने बैङ्कले जनाएको छ ।

यस विषयमा केन्द्रीय बैङ्कका गभर्नर शिन ह्युन–सोङले बिहीबार पत्रकार सम्मेलनमार्फत थप जानकारी दिने कार्यक्रम छ ।

प्रकाशित मिति : १० मंसिर २०८३, बिहिबार  १ : ०१ बजे

लगानीकर्ताको विश्वासका लागि नीतिगत सुधार गर्न सरकार प्रतिबद्ध : मन्त्री साह

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपक कुमार साहले लगानीकर्ताको विश्वासका

स्पेसएक्सलाई अन्तरिक्षमा १० लाख स्याटेलाइट प्रक्षेपणको अनुमति

वासिङ्टन- अमेरिकी नियामक निकायले अर्बपति उद्योगपति एलन मस्कको कम्पनी स्पेसएक्सलाई

यामाहा नेपालद्वारा ‘चङ्गा चेट, जितको नयाँ अपग्रेड’ दसैँ–तिहार अभियानका विजेता सम्मानित

काठमाडौं– यामाहा नेपालले दसैँ–तिहार लक्षित अभियान ‘चङ्गा चेट, जितको नयाँ अपग्रेड’

दक्षिण कोरियामा ब्याजदर दुई वर्षयताकै उच्च, आर्थिक वृद्धिको प्रक्षेपण पनि बढ्यो

सियोल- दक्षिण कोरियाको केन्द्रीय बैङ्कले मुद्रास्फीतिको दबाब नियन्त्रण गर्ने उद्देश्यले बिहीबार

बाढी प्रभावितलाई अमेरिकाको निरन्तर सहयोग

काठमाडौँ– अमेरिकाले नेपालका बाढी प्रभावित समुदायलाई जीवनरक्षक सहायता उपलब्ध गराउने