बालेनलाई गगनको जवाफ : यार्सागुम्बा र मार्सी धानको गीत गाएर मात्रै कर्णालीको विकास हुँदैन « Khabarhub

बालेनलाई गगनको जवाफ : यार्सागुम्बा र मार्सी धानको गीत गाएर मात्रै कर्णालीको विकास हुँदैन

प्रधानमन्त्री भएपछि जादु गर्छु भन्दै नहिँड्न सुझाव


१४ फाल्गुन २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कर्णालीको विकासका लागि संविधान र कानुनका प्रावधान नै फेर्नुपर्ने बताएका छन् ।

बिहीबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित नेपाली कांग्रेसको चुनावी सभालाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन् ।

केही दिनअघि वीरेन्द्रनगरमै राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहले पुराना शक्तिका कारण कर्णाली पछि परेको टिप्पणी गरेका थिए ।

तर, बालेन्द्रको उक्त कुराको जवाफ दिने क्रममा गगनले कर्णालीमा उत्पादित मार्सीधान र यार्सागुम्बाको गीत गाएर मात्रै विकास नहुने बताएका हुन् ।

‘कर्णालीको यार्सागुम्बा, मार्सीधान र जडीबुटी भन्दै गीत गाएर मात्रै हुँदैन’, उनले भने, ‘कर्णाली स्वर्ग हो, अन्नको भण्डार हो भन्न सकिन्छ, राराका बारे कविता भन्न सकिन्छ । तर अझै पनि ४० प्रतिशत गरिबी र बेरोजगारी बोकेर कर्णाली किन बसिरहेको छ ? यसको समीक्षा हुनुपर्छ । म आएपछि सबै ठिकठाक हुन्छ, पहिलाकाले गरेनन् भनेर भागेर मात्रै हुँदैन ।’

उनले काठमाडौं महानगरमा त सुतीसुती मेयरलाई चलाउन १० अर्ब रूपैयाँ जम्मा हुने पनि बालेनलाई स्मरण गराए । ‘ काठमाडौंको स्थानीय सरकारले सबैभन्दा धेरै घरबहाल कर उठाउँछ । कर्णालीमा केबल ५२ करोड आउँछ । यहाँ न यातायातको पैसा उठ्छ न घरबहाल कर नै उठ्छ।’, उनले भने, ‘कर्णालीको विकासको पहिलो मुद्दा संविधान बदल, कानुन बदल । हामीले ५२ करोड उठाउनेबाट ५२ अर्ब लिन सक्नुपर्छ।’

उनले बालेनतिर लक्षित गर्दै प्रधानमन्त्री भएपछि चटक र जादु गर्छु भनेर मात्रै नहुने बताए । ‘म प्रधानमन्त्री हुन्छु, चटक गर्छु, जादु गर्छु भनेर मात्रै हुँदैन । गर्नुपर्ने संविधान र कानुनमा बदलाव गर्नुपर्छ’, उनले भने, ‘यत्रो वर्ष के गरिस् भनेर बोल्छन् साथीले । कर्णालीमा पैसा कम छ, खर्च पनि गर्न सकिरहेको छैन । हामीले ६० प्रतिशत पनि पैसा खर्च गर्न सकेनौँ । अब कर्णालीका लागि हामीले आर्थिक वर्षको सुरूवातको समय नै बदल्नुपर्छ।’

प्रकाशित मिति : १४ फाल्गुन २०८२, बिहिबार  ३ : ३५ बजे

कांग्रेसलाई एकढिक्का बनाउन विशेष संवाद अभियान चलाउनुपर्छ : गगन थापा

पोखरा- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई एकढिक्का बनाउन विशेष

झिनो अंकले बढ्यो नेप्से परिसूचक, कारोबार कति ?

काठमाडौँ– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो

आन्द्रे रसेल ३३ रन बनाएर आउट

काठमाडौँ– विराटनगर किंग्सका आन्द्रे रसेल ३३ रन बनाएर आउट भएका

नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता

काठमाडौँ– नेपाललाई ग्लोबल एलाइन्स फोर भ्याक्सिन्स एन्ड इमुनाइजेसन (गाभी) ले

१४ औँ महाधिवेशनलाई अदालतले मान्यता नदिए बाटो अलग : एनपी साउद

काठमाडौं- नेपाली कांग्रेस अहिले गगन थापा पक्ष, शेरबहादुर देउवा पक्ष