कास्कीका नेता राजु राईले छाडे रास्वपा, लेखे : पुराना जस्तै यो पनि बिग्रियो « Khabarhub

कास्कीका नेता राजु राईले छाडे रास्वपा, लेखे : पुराना जस्तै यो पनि बिग्रियो


१४ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

कास्की- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता राजु राईले चुनावको केही दिनअघि पार्टीबाट राजीनामा दिएका छन् ।

उनले बिहीबार सामाजिक सञ्जाल फेसबुकमा लामो वक्तव्य दिँदै ‘नेता चिन्नुपर्ने र टिकट किन्नुपर्ने पार्टीलाई भोट दिनु भनेको आफ्नै टाउकोमा ऋण बोक्नु’ भनेर राजीनामा दिएका हुन् ।

राई २०७९ को प्रतिनिधिसभा निर्वाचनमा कास्की क्षेत्र नम्बर १ बाट रास्वपाका उम्मेदवार थिए । उनले १० हजार ९४१ मतसहित तेस्रो भएका थिए ।

यसपटक पनि त्यहीँबाट उनी टिकटका दाबेदार थिए । तर, रास्वपाले उक्त क्षेत्रमा वरिष्ठ नेता बालेन साहनिकट खडकराज पौडेललाई टिकट दियो ।

त्यसपछि असन्तुष्ट राईले आफ्नो गुनासो पार्टीले सम्बोधन नगरेको बताए । ‘राजनीति भनेको सोझो र इमानदारीले गर्ने काम होइन रहेछ । आजबाट राजनीति र पार्टीका लागि १ कौडी पैसा र १ सेकेन्ड समय खेर फ्याँक्ने छैन । स्वतन्त्र नागरिक भएर सामाजिक काममा लाग्नेछु’, उनले भनेका छन्।

राईले टिकट मिलाउने क्रममा पैसा नमागिए पनि पार्टी विधानअनुसार निर्णय नभएको गुनासो गरेका छन् ।

‘हामी पुराना मान्छेसँग पैसा त मागेनन् । हामीलाई टिकट किन्नुपर्दैन, नेता चिन्नुपर्दैन भनेर पढाएको हो । अहिले नेता चिन्नुपर्ने भयो । पार्टी नै हाइज्याक भयो’, उनले भने, ‘पहिले प्राइमरी इलेक्सन हुन्थ्यो । उम्मेदवारलाई राखेर योग्य छानिन्थ्यो। अहिले भाइरल मात्रै आए । नातावाद र कृपावाद नहुने भने पनि पार्टीवाद हाबी भयो ।’

उनले २५ हजार रुपैयाँ लिएर प्राइमरी चुनाव गरिने बताएकामा सूचना नै नदिई उम्मेदवार घोषणा गरिएको बताए। राईले पुराना जस्तै रास्वपा पनि बिग्रिएको बताए।

प्रकाशित मिति : १४ फाल्गुन २०८२, बिहीबार  ३ : ५१ बजे

परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने

काठमाडौं- संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको

मुलुकको नेतृत्व फेरि कम्युनिष्टको हातमा आउँछ : वर्षमान

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नेता वर्षमान पुन अनन्तले मुलुकले

युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसी संसदीय निर्वाचन

काठमाडौं- रुसले युक्रेनबाट गैरकानुनी रूपमा गाभेको दाबी गरिएका क्षेत्रका बासिन्दालाई

‘रोबोटिक्स कोडिङ एआई’ अन्तर्राष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु

काठमाडौं- नेपालका तर्फबाट ‘रोबोटिक्स कोडिङ एआई’ अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागी हुने

त्रिशूली १ को अडिट ३ टनेलमा थप ११ जनाको शव फेला

काठमाडौं- रसुवाको भोटेकोशीमा आएको बाढीका कारण निधन भएका थप ११