छानबिन आयोगको प्रतिवेदन : प्रहरीको गोली लागेर ५१ जना आन्दोलनकारीको मृत्यु « Khabarhub

छानबिन आयोगको प्रतिवेदन : प्रहरीको गोली लागेर ५१ जना आन्दोलनकारीको मृत्यु


१२ चैत्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गत भदौ २३ र २४ गते देशका विभिन्न भागमा भएका हिंसात्मक प्रदर्शन र घटनाहरूमा परी कुल ७६ जनाको मृत्यु भएको र २५ सयभन्दा बढी नागरिक घाइते भएको सरकारी छानबिन प्रतिवेदनले देखाएको छ । 

जाँचबुझको क्रममा संकलित तथ्यहरूको विश्लेषणको आधारमा मानवीय क्षतिको विस्तृत विवरण सार्वजनिक गरेको हो । 

गोली लागेर मात्रै ५१ जनाको ज्यान गयो

प्रतिवेदन अनुसार भदौ २३ गते २० जना पुरुष र २४ गते २ महिला तथा १८ पुरुष गरी २० जनाको मृत्यु भएको थियो । 
त्यस्तै प्रहरीको गोली लागेर घाइते भएका थप ३६ जनाको उपचारका क्रममा मृत्यु भएको आयोगको प्रतिवेदनमा उल्लेख छ । 

प्रतिवेदनमा उल्लेख भए अनुसार गोली लागेर ५१ जना आन्दोलनकारीको मृत्यु भएको छ भने आगलागी र विस्फोटमा परी जलेर ९ जनाको मृत्यु भएको छ । त्यस्तै प्रहरीको कुटपिटबाट ३ जना, झ्यालबाट हाम फालेर १ जना भारतीय नागरिक र १ जनाको मृत्युको कारण भने खुल्न नसकेको जनाइएको छ । 

काठमाडौँमा सबैभन्दा धेरै मानवीय क्षति 

भौगोलिक आधारमा विश्लेषण गर्दा सबैभन्दा बढी मानवीय क्षति काठमाडौँमा भएको पाइएको छ । 
प्रतिवेदनमा उल्लेख भए अनुसार काठमाडौंमा सबैभन्दा धेरै ५४ जना, कारागारहरू बाँके, रामेछाप र धादिङ १० जना, अन्य जिलाहरू झापामा ३०, कास्कीमा ३०, सुनसरीमा २०, ललितपुरमा २०, चितवनमा १० र भक्तपुरमा १० जनाको मृत्यु भएको छ ।

मृतकमध्ये १४ देखि २९ वर्ष उमेर समूहका युवाहरूको संख्या सबैभन्दा धेरै ३५ जना रहेको छ । त्यस्तै आन्दोलनका क्रममा देशभरी २ हजार ५ सय २२ जना घाइते भएका थिए । जसमा प्रदर्शनकारीतर्फ १ हजार ३ सय २८ रहेका छन् भने सुरक्षाकर्मीतर्फ २ हजार ६८ जना रहेका छन् । 

सरकारले घाइतेहरूलाई दुई किस्तामा गरी प्रतिव्यक्ति ३५,००० रुपैयाँ उपचार र राहत रकम जिल्ला प्रशासन कार्यालयमार्फत उपलब्ध गराएको प्रतिवेदनमा उल्लेख छ । हालसम्म ३ जना घाइतेहरू अझै उपचाररत रहेका छन् भने अन्य सबै डिस्चार्ज भइसकेका छन् ।

प्रकाशित मिति : १२ चैत्र २०८२, बिहीबार  १ : १८ बजे

तिब्बतमा ५.३ रेक्टरको भूकम्प, नेपालको धौलागिरी रेञ्जमा ठूलो धक्का महसुस

काठमाडौं । चीनको तिब्बत क्षेत्रमा बुधबार ५.३ म्याग्निच्युडको भूकम्प गएको

‘बालोन डी ओर’का दाबेदार सार्वजनिक, मेस्सीदेखि यामालसम्म प्रतिस्पर्धामा

काठमाडौं । विश्व फुटबलको प्रतिष्ठित व्यक्तिगत अवार्ड बालोन डी ओर

‘रसुवा बाढीअघि बढेको थियो असाधारण तापक्रम’

यही भदौ १० मा नेपाल र चीनमा घातक बाढी निम्त्याएको

जेन-जी स्मृति सभा : विवादित धर्म गुरुको उपस्थितिको विषयमा सरकारमाथि अमरेशको प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले