शपथपछि रास्वपाको व्यस्तता : ४ बजे केन्द्रीय समिति, ५ बजे संसदीय दलको बैठक « Khabarhub

शपथपछि रास्वपाको व्यस्तता : ४ बजे केन्द्रीय समिति, ५ बजे संसदीय दलको बैठक


१२ चैत्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरूको शपथ ग्रहण सम्पन्न भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आन्तरिक बैठकहरूको तयारीमा जुटेको छ। 

पार्टीले बिहीबार अपराह्न ४ बजेदेखि केन्द्रीय समितिको बैठक बोलाएको छ भने त्यसलगत्तै ५ बजे संसदीय दलको बैठक बस्ने तयारी गरेको छ। 

रास्वपाको केन्द्रीय कार्यालय वनस्थलीमा बैठकका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको छ। शपथ ग्रहणपछि पार्टीका केन्द्रीय समिति सदस्यहरू कार्यालयमा आउने क्रम जारी रहेको जनाइएको छ।
 
बैठकमा संसदीय रणनीति, बालेन शाहलाई दलको नेता चयन, सरकार गठनसम्बन्धी योजना तथा आगामी राजनीतिक कार्यदिशाबारे छलफल हुने अपेक्षा गरिएको छ। 

नवनिर्वाचित सांसदहरूको शपथपछि रास्वपाले  आन्तरिक तयारी अघि बढाएको छ, जसलाई आगामी सरकार गठनको तयारीसँग जोडेर हेरिएको छ।

प्रकाशित मिति : १२ चैत्र २०८२, बिहीबार  ३ : ३८ बजे

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको