ललितपुरमा कोरियन प्रविधिमा आधारित कृषि फार्म सञ्चालन  « Khabarhub

ललितपुरमा कोरियन प्रविधिमा आधारित कृषि फार्म सञ्चालन 


१२ चैत्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

ललितपुर– ललितपुर महानगरपालिकामा कोरियन प्रविधिमा आधारित कृषि फार्म सञ्चालनमा आएको छ। दक्षिण कोरियाको चेओरवन शहरको आर्थिक सहयोगमा महानगरको वडा नं. २७ मा ‘छहारी कृषि एकल महिला फार्म’ सुरु गरिएको हो।

फार्म सञ्चालन सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएसँगै महानगरले उक्त परियोजना छहारी एकल महिला समूहमार्फत सञ्चालन गरिने जनाएको छ। ललितपुर महानगर र चेओरवन शहरबीच दुई वर्षअघि भगिनी सम्बन्ध स्थापना भएको थियो। सोही सम्बन्धअन्तर्गत असल अभ्यास आदानप्रदान गर्ने उद्देश्यले कोरियन प्रविधिमा आधारित कृषि फार्म निर्माणका लागि सहयोग गरिएको हो।

फार्म निर्माणका लागि करिब सात रोपनी जग्गा पाँच वर्षका लागि लिजमा लिइएको छ। मौसमअनुसारका बिउबिजन रोपेर कृषि उत्पादन गरिने समूहले जनाएको छ।

कार्यक्रममा ललितपुर महानगरपालिकाका नगर प्रमुख चिरीबाबु महर्जनले यस परियोजनालाई भगिनी सम्बन्ध भएका दुई शहरबीचको सहकार्यको उत्कृष्ट उदाहरण बताए। उनले कृषि उत्पादनलाई प्राथमिकता दिँदै महिला र युवालाई यस क्षेत्रमा आकर्षित गर्ने उद्देश्यले फार्म स्थापना गरिएको उल्लेख गरे। साथै, चेओरवन शहरमा ललितपुरको कला र संस्कृति झल्कने फल्चा (पाटी) निर्माणका लागि प्रक्रिया अघि बढाइने प्रतिबद्धता व्यक्त गरे।

चेओरवन शहरका मेयर ली ह्युन जोनले ललितपुरमा कोरियन प्रविधिसहितको कृषि फार्म निर्माणमा सहयोग गर्न पाएकोमा खुशी व्यक्त गरे। उनले आफ्नो शहरमा पनि ललितपुरको सांस्कृतिक झल्को दिने संरचना निर्माणका लागि सहकार्य अगाडि बढाउने बताए।

नेपालका लागि कोरियन राजदूत पार्क तेडयोङले यस परियोजनाले नेपाल र कोरियाबीचको सम्बन्ध अझ सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।

वडा नं. २७ का अध्यक्ष कृष्णहरि महर्जनले चेओरवन शहरप्रति आभार व्यक्त गर्दै कृषि क्षेत्रलाई युवा, महिला तथा एकल महिलासँग जोडेर आत्मनिर्भर बनाउने लक्ष्यसहित काम भइरहेको बताए।

छहारी एकल महिला समूहकी अध्यक्ष सविता महर्जनले कृषि उत्पादनमा आत्मनिर्भरता आवश्यक रहेको बताइन्। एकल महिलालाई कमजोर ठान्ने सामाजिक दृष्टिकोण बदल्न यो पहल महत्वपूर्ण हुने उनको भनाइ थियो। साथै, कृषिलाई युवासँग जोड्दै उत्पादन वृद्धि गर्नुपर्नेमा उनले जोड दिइन्।

प्रकाशित मिति : १२ चैत्र २०८२, बिहीबार  ४ : ५८ बजे

हावाहुरीले विनय त्रिवेणीमा २० भन्दा बढी घरमा क्षति

काठमाडौं– मंगलबार साँझ आएको हावाहुरी सहितको वर्षाले पूर्वी नवलपरासीको विनय

विपक्षीसँग कुरा नमिलेपछि सुरु नै नभई सर्‍यो प्रतिनिधिसभा बैठक

काठमाडौं– बुधबार बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक सरेको

एनसेल डाटा सेन्टरलाई एएनएसआई/टीआईए–९४२–सी प्रमाणीकरण

काठमाडौं– एनसेल बिजनेसले नख्खु, ललितपुरमा सञ्चालनमा रहेको आफ्नो अत्याधुनिक डाटा सेन्टरले

विपक्षीलाई फकाउँदै रवि, संसद्‍ खोल्न प्रधानमन्त्रीले लिखित जवाफ दिनुपर्ने अडान

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विपक्षी दलसँग संवाद

३५ करोड लगानीमा नेपालमै ‘स्किन केयर’ सामग्री उद्योग

काठमाडौं– कोरियन प्रविधि र नेपाली उद्यमशीलताको संयोजनमा नेपालमै विश्वस्तरीय ‘स्किन केयर’