अब प्रधानमन्त्री कार्यालय परिसर छिर्नै बालेनको सचिवालयको अनुमति चाहिने « Khabarhub

अब प्रधानमन्त्री कार्यालय परिसर छिर्नै बालेनको सचिवालयको अनुमति चाहिने


१२ चैत्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- शुक्रबार देशले नयाँ प्रधानमन्त्री पाउँदैछ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन) प्रधानमन्त्री बन्दैछन् । मध्यान्ह १२ः३४ मा बालेनले राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिनेछन् । त्यसपछि सिंहदरबार पुगेर पदबहाली गर्नेछन् ।

बालेनका लागि सिंहदरबारमा नयाँ आसन उत्तर फर्काएर तयार पारिएको छ । यसअघिका प्रधानमन्त्री पूर्वी आसनमा बस्ने गर्थे ।

बालेनको आसनमात्रै होइन अब प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रवेशका लागि पनि यसअघिको व्यवस्था फेरिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका कर्मचारीका अनुसार शुक्रबारदेखि उक्त कार्यालयको परिसरमा प्रवेश गर्न पनि अनुमति चाहिनेछ । बिहीबारदेखि नै प्रधानमन्त्रीको कार्यालयमा कसैलाई प्रवेश दिइएको छैन । जानै परे मुख्यसचिव र सचिवको अनुमतिले मात्रै जान पाइने बनाइएको छ ।

शुक्रबारदेखि प्रधानमन्त्री कार्यालयको कम्पाण्डभित्र अनुमतिबिना प्रवेश निषेध सुरु हुनेछ ।

कर्मचारी स्रोतले भन्यो, ‘प्रधानमन्त्रीले पदबहाली गरेसँगै यस कार्यालयको कम्पाउन्डको गेटबाट भित्र सोझै प्रवेश पाइनेछैन । प्रधानमन्त्रीको सचिवालयको अनुमतिपछि मात्रै आउन पाइनेछ ।’

प्रकाशित मिति : १२ चैत्र २०८२, बिहीबार  ११ : ३० बजे

आङ सान सुकीको रिहाइसम्बन्धी आसियानको आह्वान म्यानमाद्वारा अस्वीकार

याङ्गुन- म्यानमारको सैन्य समर्थित सरकारले नजरबन्दमा रहेकी पूर्वनेतृ आङ सान

ग्यासको आपूर्ति १५ प्रतिशत बढेको छ, उपभोक्ताले अतिरिक्त खरिद नगर्ने हो भने समस्या समाधान हुन्छ : संघ

काठमाडौं– नेपाल एलपी ग्यास उद्योग संघले उपभोक्ताले अतिरिक्त ग्यास खरिद

फापरखेत पहिरोको विकल्पमा मोटरेबल पुल

म्याग्दी– म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम

गगनले त्यो दिन सम्झिँदै भने, ‘भदौ २४ गते हाम्रो परिवारलाई घरभित्रै थुनेर आगो लगाइयो’

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगन थापाले पछिल्लो राजनीतिक संकटका क्रममा

मोरक्कोका दशौँ हजार आप्रवासी रोक्न नसकेको स्पेनले गर्‍यो इटालीका १९९ आप्रवासीको खानतलासी

काठमाडौं– अफ्रिकी मुलुक मोरक्कोबाट केही समयअघि सेउटा छिरेका दशौँ हजार