बागमती प्रदेशमा तीनदिन ‘गणतन्त्र दिवस २०८३’ मनाइने « Khabarhub

बागमती प्रदेशमा तीनदिन ‘गणतन्त्र दिवस २०८३’ मनाइने


१२ जेठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागमती– बागमती प्रदेश सरकारले तीनदिन विभिन्न कार्यक्रम गरी ‘गणतन्त्र दिवस २०८३’ मनाउने भएको छ । 

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको अध्यक्षतामा बसेको बैठकले यही जेठ १३ गतेदेखि १५ गतेसम्म विविध कार्यक्रमको आयोजना गरी ‘गणतन्त्र दिवस २०८३’ मनाउने निर्णय गरेको छ । 

बैठकले मुख्यमन्त्री बानियाँको अध्यक्षतामा प्रदेशसभाका सभामुख, प्रदेश सरकारका सबै मन्त्री, प्रतिपक्षी दलका नेता, उपसभामुख, प्रदेश नीति तथा योजना आयोगका पदाधिकारीहरु, सुरक्षा निकायका प्रमुख र नेपाल पत्रकार महासङ्घका प्रतिनिधि सदस्य रहने गरी प्रदेशस्तरीय गणतन्त्र दिवस मूल समारोह समिति गठन गर्दै तीनदिन भव्यतापूर्वक गणतन्त्र दिवस मनाउने निर्णय गरेको प्रदेश सरकार प्रवक्ता आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले जानकारी दिए । 

गणतन्त्र दिवसको अवसरमा जेठ १३ गते ‘गणतन्त्र स्थापनाको १८ वर्षः कार्यान्वयन र चुनौती’ विषयक विद्यालयस्तरीय निवन्ध प्रतियोगिता, जेठ १४ गते सार्वजनिक रक्तदान, निःशुल्क स्वास्थ्य शिविर र वृक्षरोपण कार्यक्रम र जेठ १५ गते मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय परिसरमा प्रदेशस्तरीय मूल समारोह आयोजना गरिने निर्णय भएको मन्त्री तामाङले बताए । 

यस वर्षको ‘गणतन्त्र दिवस २०८३’ को अवसरमा चार  उत्कृष्ट पत्रकारलाई जनही रु ५० हजार नगदसहित पुरस्कृत गर्ने निर्णयसमेत भएको जनाइएको छ । 

प्रकाशित मिति : १२ जेठ २०८३, मंगलबार  १२ : ३१ बजे

उद्धारमा विदेशी ल्याउन भएको ढिलाइबारे प्रधानमन्त्रीको जवाफ : प्रक्रिया छोटोसमेत गरायौँ

काठमाडौं – गत बुधबारको रसुवा बाढीका कारण विभिन्न जलविद्युत् आयोजनाको

संकटको बेला सरकारसँगै छौं, जनताको जीवन रक्षा पहिलो प्राथमिकता : धुर्व राई

काठमाडौं- श्रम संस्कृति पार्टीका सांसद धुर्व राईले विपद्का बेला सबै राजनीतिक

प्रधानमन्त्रीले आफ्नै सांसदको विश्वास लिन सक्नुभएन, अनुहारै हेर्नुहुन्न : प्रचण्ड

काठमाडौं– पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

रसुवाका चार सुरुङमा उद्धारको कठिन परीक्षा : तीनवटामा सेनाले आश मार्‍यो, एउटामा अझै संघर्ष

काठमाडौं- भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि

सरकार उद्धारमा असफल भयो भन्ने जनगुनासो छ : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्डले