एक वर्षमा ५२३ विदेशी नागरिक निष्कासित « Khabarhub

एक वर्षमा ५२३ विदेशी नागरिक निष्कासित


१२ जेठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अध्यागमन विभागले विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली (FNMIS) प्रभावकारी कार्यान्वयनका लागि मंगलबार सरोकारवालासँग अभिभुखिकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।

विभागका अनुसार उक्त प्रणालीले विदेशी नागरिकको स्थानीय दर्ता, सुरक्षा निगरानी, अपराध अनुसन्धान तथा विपद् व्यवस्थापनमा सहयोग पुर्‍याउनेछ। होटल, ट्रेकिङ एजेन्सी, वायुसेवा, बैंक, टेलिकमलगायत सेवा प्रदायक संस्थालाई अनिवार्य रूपमा प्रणालीमा आबद्ध हुन आग्रह गरिएको छ।

विदेशी नागरिकले विभागको मोबाइल एपमार्फत ‘सेल्फ इन्रोलमेन्ट’ गर्न सक्ने तथा सेवा प्रदायकले वेब पोर्टलमार्फत दर्ता हुन सक्ने व्यवस्था गरिएको विभागले जनाएको छ।

विभागका अनुसार FNMIS प्रयोगपछि अवैध गतिविधिमा संलग्न विदेशी नागरिकमाथि निगरानी प्रभावकारी बनेको छ।

सन् २०२५ मा अवैध रूपमा काम गर्ने ५२३ विदेशी नागरिक निष्कासन गरिएकोमा सन् २०२६ मे २५ सम्म १५२ जनालाई निष्कासन गरिएको विभागले जनाएको छ।

प्रकाशित मिति : १२ जेठ २०८३, मंगलबार  २ : ३३ बजे

उद्धारमा विदेशी ल्याउन भएको ढिलाइबारे प्रधानमन्त्रीको जवाफ : प्रक्रिया छोटोसमेत गरायौँ

काठमाडौं – गत बुधबारको रसुवा बाढीका कारण विभिन्न जलविद्युत् आयोजनाको

संकटको बेला सरकारसँगै छौं, जनताको जीवन रक्षा पहिलो प्राथमिकता : धुर्व राई

काठमाडौं- श्रम संस्कृति पार्टीका सांसद धुर्व राईले विपद्का बेला सबै राजनीतिक

प्रधानमन्त्रीलाई प्रचण्डले भने- गम्भीर भएर सदनलाई व्यवस्था गरे ठूलो मूल्य चुकाउन पर्ला

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्डले वालेन्द्र

रसुवाका चार सुरुङमा उद्धारको कठिन परीक्षा : तीनवटामा सेनाले आश मार्‍यो, एउटामा अझै संघर्ष

काठमाडौं- भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि

सरकार उद्धारमा असफल भयो भन्ने जनगुनासो छ : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्डले