छाडा पशुचौपाया : बहुआयामिक असर र समाधानका प्रयास « Khabarhub

छाडा पशुचौपाया : बहुआयामिक असर र समाधानका प्रयास


१२ जेठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

घोडाघोडी– आधुनिक प्रविधिको प्रयोग बढेसँगै खेतबारी जोत्न प्रयोग गरिने गोरु यतिखेर किसानका लागि अभिशाप बन्दै गएको छ । 

खनजोत गर्न थरीथरीका कृषि औजार भित्रिएसँगै  गोरु र दूध दिन छोडेका थारा गाई किसानका लागि आर्थिक भार बन्न थालेको हो । एक समय थियो, गाउँघरका हरेक गोठ गाईगोरुले भरिएका हुन्थे । बिहान सबेरै किसान हलो काँधमा बोकेर खेततिर निस्कँदा गोरु उनीहरूका मुख्य साथी बन्थे ।
 
खेत जोत्न, मल उत्पादन गर्न, दूध दिन र घरपरिवारको आर्थिक आधार बन्न गाईगोरुको महत्वपूर्ण भूमिका थियो । गाउँको सम्पन्नता गोठमा बाँधिएका चौपायाको सङ्ख्यासँग तुलना गरिन्थ्यो । 

पालनपोषण खर्चिलो बन्दै जाँदा धेरै किसानले गाईगोरु खुला छाड्न थाले । यही प्रवृत्तिले अहिले सुदूरपश्चिमका कैलाली र कञ्चनपुरमा छाडाचौपाया समस्या गम्भीर सामाजिक र वातावरणीय चुनौतीका रूपमा देखापरेको छ ।

धेरैजसो सडक दुर्घटना छाडाचौपायकै कारण हुने गरेको सुदूरपश्चिम प्रदेश ट्राफिक कार्यालय अत्तरियाका प्रहरी निरीक्षक सीताराम बिष्टले बताए।

भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्र, कैलालीको अध्ययनअनुसार कैलाली र कञ्चनपुरका सडकमा  करिब तीन हजार छाडा चौपाया रहेको सीतारामले बताए। छाडाचौपायाको सबैभन्दा ठूलो असर किसानको खेतबारीमा देखिएको छ । मिहिनेत गरेर लगाइएको बाली रातारात गाईगोरुले खाइदिँदा किसानहरू चिन्तित बन्न थालेका छन् । 
    
जेठ महिना धानको बीउ छर्ने समय हो । तर छाडाचौपायका कारण धानका बीउ जोगाउनै मुस्किल पर्ने गरेको  किसान डम्बर विष्ट बताउँछन्। छाडाचौपायबाट बाली जोगन किसानले खेत वरिपरि काँडेतार लगाउने र राति पालैपालो खेतबारीमा कुरुवा बस्ने गरेका छन् ।  

घोडाघोडी नगरपालिकाका नगर प्रमुख खडक रावतले घोडाघोडी, लम्कीचुहा, भजनी, जोशीपुर र गोदावरी क्षेत्रमा निर्माण गरिएका गौशाला तथा कान्जी हाउसमा आहारा, पानी र उचित हेरचाहको अभाव देखिएकाले कतिपय स्थानमा गाईगोरु भोकभोकै मर्ने अवस्था आएको बताउँछन्।
    
कैलालीको टीकापुरमा सञ्चालन भइरहेको व्यवस्थित गौशालाले धेरैको ध्यान तानेको छ । टीकापुरस्थित गौशालामा छाडा गाईगोरुको संरक्षणसँगै उनीहरूबाट आर्थिक आम्दानी गर्ने अभ्यास सुरु गरिएको छ ।
 
गौशाला व्यवस्थापन समितिका अध्यक्ष उत्तमकुमार शाहका अनुसार पहिले किसानलाई मल लैजान आग्रह गर्नुपर्ने अवस्था थियो । अहिले  धमाधम  प्रतिट्रली रु ६ हजार ५०० मा गोबर मल बिक्री हुने गरेको छ ।  

गौशालामा हाल १० जना कर्मचारी कार्यरत छन् । टीकापुर नगरपालिका र जानकी गाउँपालिकाले व्यवस्थापनका लागि बजेट विनियोजन गर्दै आएका छन् ।  जसले कर्मचारीको तलब तथा अन्य व्यवस्थापनमा सहयोग पुगेको छ ।
  
गौशालामा गोबर ग्यास प्लान्ट निर्माण गरिएको छ । प्लान्टबाट स्थानीय ४० घरधुरीलाई प्रतियुनिट ४५ का दरले ग्यास वितरण गरिएको छ । डिभिजन वन कार्यालयका वरिष्ठ वन अधिकृत विश्वराज पण्डितले खुला र अव्यवस्थित चरिचरनका कारण वनको प्राकृतिक संरचना गम्भीर रूपमा प्रभावित बन्न पुगेको बताउँछन्।  

वन क्षेत्रमा अनियन्त्रित चरिचरनले केवल वनस्पति मात्र होइन, माटोको संरचना र गुणस्तरमा समेत असर पारिरहेको  संरक्षणकर्मी विजयराज श्रेष्ठको भनाइ छ । 

प्रकाशित मिति : १२ जेठ २०८३, मंगलबार  ३ : १४ बजे

प्रतिनिधिसभा बैठक : पाँच विधेयक प्रस्तुत हुने, आर्थिक विधेयक पारित गर्ने कार्यसूची

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा पाँच वटा विधेयक प्रस्तुत हुँदैछन् ।

भेनेजुएलामा भूकम्प: ज्यान गुमाउनेको संख्या २३५ पुग्यो, चार हजार बढी घाइते

काठमाडौँ – उत्तरी भेनेजुएलामा लगातार गएका दुईवटा शक्तिशाली भूकम्पमा परी

रास्वपा महाधिवेशन : कुन केन्द्रीय सदस्यले कति मत पाए ?

 चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत ३२ जना केन्द्रीय

पत्रकार विनोद ढकाल पक्राउ : अनुसन्धानका लागि सुनसरी पठाइने

काठमाडौँ – पत्रकार विनोद ढकाललाई प्रहरीले पक्राउ गरेको छ। उनलाई

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि