फौजी किराको प्रकोप नियन्त्रण बाहिर : मकैको बोटसँगै गुवो नै सखाप  « Khabarhub

फौजी किराको प्रकोप नियन्त्रण बाहिर : मकैको बोटसँगै गुवो नै सखाप 


१२ जेठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

दोलखा– वैतेश्वर गाउँपालिका-३ मा फौजी किराको प्रकोपले मकैबाली नष्ट गरेको छ । भर्खरै हुर्किँदै गरेका ७/८ पातको मकैको सबै बोट किराले खाएर नष्ट गरेपछि यहाँका दर्जनौँ  किसान समस्यामा परेका हुन् । 

करिब १० रोपनी क्षेत्रफलमा लगाएको मकैबाली किराले नष्ट गरिदिएको स्थानीय किसान रमिला खड्काले बताइन्  । 

भर्खरै गोडमेल गरेर रासायनिक मल लगाउने बेलाको चौरवारीभरको मकैको बोट किराले एक-पछि अर्को गर्दै सखाप पार्न थालेपछि खड्कासहित पाइलेका दर्जनौँ कृषक समस्यामा परेका हुन् । फौजी अघिल्लो वर्षहरूमा पनि यहाँका सयौँ रोपनी बारीको मकै बालीमा प्रकोपको रुपमा फैलिएको थियो । 

गत वर्ष असारमा फैलिएको प्रकोप अहिले जेठको पहिलो सातादेखिनै फैलिएको स्थानीय पदम बहादुर बस्नेत बताउँछन् ।

पाइलेको खड्का टोल, चौँडिला, लामास्वारा, बस्नेत गाउँ र कार्की गाउँका चौरबारीमा लगाइएको मकैमा फौजीको प्रकोप देखिएको स्थानीय कृषकहरूले बताएका छन् । फौजीले करिब ४ सय रोपनी लगाइएको ५० प्रतिशत मकै सखाप पारेको सोही गाउँका स्थानीय भुवन सिँ बस्नेतले बताए ।

‘यसअघिका दुई वर्षसम्म लगातार फौजी किराले मकै नष्ट गरेपछि घाटा ब्यहोर्नुपरे पनि यसपटक केही होला भनेको फेरि उस्तै भयो’, उनले भने । राम्रो मूल्य पाउने आशामा हिउँदे मकैखेती लगाए पनि गोड्ने समयमा एकाएक फौजी किरा आएर नष्ट गरिदिएको उनको भनाइ  छ । 

वडा तथा पालिकाले दिएको विषादीले पनि नियन्त्रण हुन सकेन किरा 

किराको रोकथामका लागि पटकपटक गाउँपालिका र स्थानीय वडा कार्यालयले उपलब्ध गराएको विषादी तथा औषधि प्रयोग गरे पनि समाधान गर्न नसकिएको जनाइएको छ । 

मिर्गेमा पछिल्लो ३ वर्ष देखि फौजीको प्रकोप देखिँदै आएको छ। वर्षौँदेखि आम्दानीको मुख्य स्रोत नै कृषि पेशा बनाएर गाउँमै खेतीपाती गर्दै आएका पाइलेवासीका लागि प्रकोप तथा जंगली जनावर बाँदर आतंकले हैरान बनाएको स्थानीय लालबहादुर बस्नेतले बताए । 

उनी भन्छन् किसानले खेतीपातीबाट बढ्दो रोग किराको प्रकोप र बाँदर आतंकले घाटा मात्रै भोग्नुपरेको उनको दुखेसो छ । गोडमेल गरेर मल लगाउने बेलाका मकैको बोटसँगै गुवो नै किराले सखाप पार्न थालेपछि पाइलेका स्थानीय टंक बस्नेत पनि चिन्तित छन् ।

उनले लगाएको सिङ्गो चौरबारीको प्रायः सबै मकैको बोटमा किराको प्रकोप देखिएको अघिल्ला दुई वर्ष बस्नेतले वडा तथा पालिकाबाट विषादी ल्याएर झरेपनि किरा नियन्त्रणमा आउन नसकेको सुनाए । पाइलेका ४० बढी किसानहरूको बारीमा फौजी प्रकोप देखिएको छ । सुवाश बस्नेत/दोलखा

प्रकाशित मिति : १२ जेठ २०८३, मंगलबार  ३ : ४८ बजे

अपरिपक्व कार्यशैलीले प्रधानमन्त्री वालेन्द्रमाथि बढ्दै दबाब

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहको कार्यशैलीलाई लिएर सरकार र सत्तारुढ राष्ट्रिय

प्रसाईंको आरोप : सरकार र सत्तापक्षका नेताले आफ्ना मान्छे खडा गरेर नक्कली सहमति गरे

काठमाडौं– राष्ट्रिय मुक्ति अभियानका संयोजक तथा अभियन्ता दुर्गा प्रसाईँले वर्तमान

अन्तर–विद्यालय क्विज प्रतियोगिता, माउन्ट सेब प्रथम, लालीगुराँस द्वितीय

काठमाडौं- डाइनामिक एजुकेसन एसोसिएसन (डिन) को आयोजनामा काठमाडौंमा अन्तर–विद्यालय क्विज

जापानी अर्थतन्त्र उकास्न अमेरिकाले अर्बौ डलर बराबरको येन खरिद गर्ने

काठमाडौं– जापानको अर्थतन्त्र उकास्न अमेरिकाले अर्बौ डलर बराबरका येन खरिद

झापामा मानव-हात्ती द्वन्द्व : १६ वर्षमा ८० जनाको ज्यान गयो

भद्रपुर– झापामा मानव-हात्ती द्वन्द्व बर्सेनि बढ्दै गएको छ । पछिल्लो