गण्डकी प्रदेशसभामा विनियोजन विधेयक प्रस्तुत « Khabarhub

गण्डकी प्रदेशसभामा विनियोजन विधेयक प्रस्तुत


१२ जेष्ठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

गण्डकी– गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३-८४ को बजेट तथा कार्यक्रममार्फत विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेको छ । 

आर्थिक मामिलामन्त्री जितबहादुर शेरचनले प्रदेशसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८३ का सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका हुन् । उत्पादन र उत्पादकत्व वृद्धि, रोजगारी सिर्जना र गरिबी निवारणमा टेवा पुर्‍याउने नवप्रर्वतन, प्रविधिमैत्री र स्टार्टअप आयोजना तथा कार्यक्रमलाई विनियोजन विधेयक, २०८३ मा समेटिएका छन् । 

विधेयकले सीमान्तकृत, लोपोन्मुख र पिछडिएका वर्ग तथा क्षेत्र लक्षित कार्यक्रममार्फत कृषि क्षेत्रको व्यावसायीकरण, यान्त्रिकीकरण र बजारीकरण गरी उत्पादन एवम् उत्पादकत्व वृद्धिमा जोड दिइने उल्लेख छ । त्यसैगरी, स्थानीय तहसँगको समन्वय र साझेदारीमा ‘एक पालिकाः एक गन्तव्य’ एवम् ‘आदर्श ग्राम’ अवधारणालाई अगाडि बढाउने, ‘उज्यालो गण्डकी प्रदेश’ अभियान सम्पन्न गर्ने सरकारको लक्ष्य छ ।

विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि बुधबार बस्ने प्रदेशसभा बैठकमा छलफल हुने प्रदेशसभा सचिवालयले जनाएको छ । 

प्रकाशित मिति : १२ जेष्ठ २०८३, मंगलबार  ३ : ५२ बजे

फ्लेभियो बोल्सोनारो र परिवारलाई अमेरिकाले भिसा दिने

एजेन्सी-ब्राजिलको राष्ट्रपति निर्वाचनमा लुइज इनासियो लुला दा सिल्भासँग पराजित फ्लेभियो

भारत–पाकिस्तान युद्ध रोक्न २५० प्रतिशत भन्सार शुल्कको धम्की दिएको ट्रम्पको दाबी

एजेन्सी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीचको सैन्य द्वन्द्व

टस जितेको सुदूरपश्चिमले बलिङ रोजेपछि पहिले ब्याटिङ गर्दै पोखरा

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा

मुख्य धानखेत बगरमा परिणत

रसुवा– उत्तरगया गाउँपालिका वडा नं ४ र ५ को मुख्य

विना बर्दीका प्रहरी प्रयोग गरी गिरफ्तारी गर्ने प्रवृत्तिविरुद्ध ओलीको खबरदारी

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वाधीनता र लोकतन्त्रको