गण्डकी प्रदेशसभामा विनियोजन विधेयक प्रस्तुत « Khabarhub

गण्डकी प्रदेशसभामा विनियोजन विधेयक प्रस्तुत


१२ जेठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

गण्डकी– गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३-८४ को बजेट तथा कार्यक्रममार्फत विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेको छ । 

आर्थिक मामिलामन्त्री जितबहादुर शेरचनले प्रदेशसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८३ का सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका हुन् । उत्पादन र उत्पादकत्व वृद्धि, रोजगारी सिर्जना र गरिबी निवारणमा टेवा पुर्‍याउने नवप्रर्वतन, प्रविधिमैत्री र स्टार्टअप आयोजना तथा कार्यक्रमलाई विनियोजन विधेयक, २०८३ मा समेटिएका छन् । 

विधेयकले सीमान्तकृत, लोपोन्मुख र पिछडिएका वर्ग तथा क्षेत्र लक्षित कार्यक्रममार्फत कृषि क्षेत्रको व्यावसायीकरण, यान्त्रिकीकरण र बजारीकरण गरी उत्पादन एवम् उत्पादकत्व वृद्धिमा जोड दिइने उल्लेख छ । त्यसैगरी, स्थानीय तहसँगको समन्वय र साझेदारीमा ‘एक पालिकाः एक गन्तव्य’ एवम् ‘आदर्श ग्राम’ अवधारणालाई अगाडि बढाउने, ‘उज्यालो गण्डकी प्रदेश’ अभियान सम्पन्न गर्ने सरकारको लक्ष्य छ ।

विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि बुधबार बस्ने प्रदेशसभा बैठकमा छलफल हुने प्रदेशसभा सचिवालयले जनाएको छ । 

प्रकाशित मिति : १२ जेठ २०८३, मंगलबार  ३ : ५२ बजे

उद्धारमा विदेशी ल्याउन भएको ढिलाइबारे प्रधानमन्त्रीको जवाफ : प्रक्रिया छोटोसमेत गरायौँ

काठमाडौं – गत बुधबारको रसुवा बाढीका कारण विभिन्न जलविद्युत् आयोजनाको

संकटको बेला सरकारसँगै छौं, जनताको जीवन रक्षा पहिलो प्राथमिकता : धुर्व राई

काठमाडौं- श्रम संस्कृति पार्टीका सांसद धुर्व राईले विपद्का बेला सबै राजनीतिक

प्रधानमन्त्रीले आफ्नै सांसदको विश्वास लिन सक्नुभएन, अनुहारै हेर्नुहुन्न : प्रचण्ड

काठमाडौं– पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

रसुवाका चार सुरुङमा उद्धारको कठिन परीक्षा : तीनवटामा सेनाले आश मार्‍यो, एउटामा अझै संघर्ष

काठमाडौं- भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि

सरकार उद्धारमा असफल भयो भन्ने जनगुनासो छ : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्डले