भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १८८ जनाको मृत्यु, उद्धार कार्य तीव्र « Khabarhub

भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १८८ जनाको मृत्यु, उद्धार कार्य तीव्र


१२ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – उत्तरी भेनेजुएलामा गएका दुईवटा शक्तिशाली भूकम्पमा परी कम्तीमा १८८ जनाको मृत्यु भएको छ । भत्किएका भवनको भग्नावशेषमुनि थुनिएका नागरिकलाई जीवितै उद्धार गर्न उद्धारकर्मी र सर्वसाधारणहरूले प्रयास तीव्र पारेका छन् ।

उत्तरी भेनेजुएलालाई केन्द्रविन्दु बनाएर गएका ७‍.२ र ७.५ म्याग्निच्युडका शक्तिशाली भूकम्पपछि अन्तर्राष्ट्रिय समुदायबाट मानवीय सहायता र सहयोगको प्रतिबद्धता ओइरिएको छ ।

बुधबारको यस प्राकृतिक विपत्तिका बीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भेनेजुएलाकी अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजले दुई देशबीचको नवीकृत सम्बन्धको स्वागत गरेका छन् ।

सन् २०१९ मा ट्रम्प प्रशासनले तत्कालीन विपक्षी नेता जुआन गुआइडोलाई देशको वैध राष्ट्रपतिका रूपमा मान्यता दिने निर्णय गरेपछि भेनेजुएलाले अमेरिकासँगको कूटनीतिक सम्बन्ध तोडेको थियो ।

अहिले राजनीतिक परिदृश्य बदलिएको छ र तत्कालीन राष्ट्रपति निकोलस मादुरो सत्तामा छैनन् । ट्रम्पसँगको लामो राजनीतिक टकरावपछि गत जनवरी ३ मा अमेरिकी सैन्य अपरेसनका क्रममा मादुरो अपहृत भएका थिए ।

मादुरोको बहिर्गमनपछि देशको कमान्ड सम्हालेकी तत्कालीन उप(राष्ट्रपति डेल्सी रोड्रिगेजले अन्तरिम राष्ट्रपतिका रूपमा सपथ लिएकी थिइन् । राष्ट्रपति ट्रम्पले रोड्रिगेजसँगको हालको सम्बन्धलाई अन्तर्राष्ट्रिय समन्वयको एक उत्कृष्ट नमूनाका रूपमा प्रशंसा गरेका छन् ।

रोड्रिगेजले आफ्ना मागहरू पालना नगरेमा ट्रम्पले थप सैन्य कारबाहीको धम्की दिएको भन्दै आलोचकहरूले यसको विरोध पनि गर्दै आएका छन् ।विपत्तिका बाबजुद दुवै नेताले सामाजिक सञ्जालमार्फत आपसी ऐक्यबद्धता प्रकट गरेका छन् ।

अन्तरिम राष्ट्रपति रोड्रिगेजले सामाजिक सञ्जाल एक्समा लेख्दै भनेकी छन्, ‘हामी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उहाँको प्रशासनलाई धन्यवाद दिन्छौँ, जसले यस शोकको घडीमा भेनेजुएलाका जनतालाई सहयोग र सहानुभूति प्रकट गर्दै यहाँका अधिकारीसँग निरन्तर सम्पर्कमा रहनुभएको छ ।’

प्रकाशित मिति : १२ असार २०८३, शुक्रबार  ६ : ३१ बजे

नवलपुरका दुई पालिकाले उद्धार कोषमा २३ लाख प्रदान गर्ने

नवलपुर– रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित बनेकाहरूका लागि

नेपाल टेलिकमको त्रिशूली थ्रीए साइट पुनः सञ्चालनमा

काठमाडौं– नेपाल टेलिकमले रसुवाको त्रिशूली थ्रीए जलविद्युत् आयोजनासँगै रहेको टावरमार्फत

भोटेकोशी बाढीपछि परराष्ट्रमन्त्री खनालको सर्बिया भ्रमण स्थगन

काठमाडौं– रसुवा, नुवाकोटलगायत क्षेत्रमा बुधबार आएको विनाशकारी बाढीपछि परराष्ट्रमन्त्री शिशिर

एक सय बढी एम्बुलेन्स घाइतेको उद्धार र शव व्यवस्थापनमा

चितवन– भोटेकोशी बाढीबाट घाइते भएका र मृत्यु भएकाहरूको उद्धार र

त्रिशूली–३ को सुरुङबाट ४३ विदेशीसहित २०८ जना उद्धार

काठमाडौं– रसुवाको भोटेकोशी बाढीका कारण प्रभावितहरूको उद्धारका क्रममा नेपाली सेनाका