मनिष झाको कटाक्ष : हिजो उम्मेदवारी दिने, आज फिर्ता लिने, यस्तो आलोकाँचो राजनीति नगर्नू « Khabarhub

मनिष झाको कटाक्ष : हिजो उम्मेदवारी दिने, आज फिर्ता लिने, यस्तो आलोकाँचो राजनीति नगर्नू


१२ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


339
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  राष्ट्रिय स्वतन्त्र पार्टीका नेता मनिष झाले सशक्त राजनीति गर्ने नेताहरू भिडिहने बताएका छन् ।

महामन्त्रीका केही उम्मेदवारहरूले महामन्त्रीकै अर्का उम्मेदवार विपिन आचार्यलाई सहयोग गर्दै पछि हटेपछि उनले यस्तो कटाक्ष गरेका हुन्।

महामन्त्रीको दह्रिलो दाबेदारका रूपमा रहेका झाले आलोकाँचो राजनीति गर्न नहुने भन्दै उम्मेदवारी फिर्ता लिनेमाथि व्यंग्य कसेका हुन् ।

 ‘यति आलोकाँचो राजनीति पनि गर्नुहुँदैन । हिजो राति उम्मेदवारी दिने, आज फिर्ता लिने ?’ उनले भने, ‘सशक्त राजनीति गर्न सक्ने आँट भएकाहरू भिडिरहन्छन्, परिणाम जेसुकै होस् निरन्तर लागिरहन्छन् ।’

आचार्यलाई सहयोग गर्नेगरी सभापत रवि लामिछानेका विश्वास पात्र प्रमोद न्यौपाने, गणेश पराजुली र कविन्द्र बुर्लाकोटी महामन्त्रीको दौडबाट हटेका थिए । उनीहरूमाथि मनिष खन्निएका हुन् ।

महामन्त्रीको दौडमा रहेका १० नेताहरूमध्ये यसअघि नै ललितपुरका जगदीश खरेलले पनि दाबेदारीबाट पछि हटेको घोषणा गरिसकेका थिए । अहिले पदाधिकारीका लागि चुनाव हुँदैछ।

प्रकाशित मिति : १२ असार २०८३, शुक्रबार  १ : २३ बजे

व्यावसायिक अधिकार बेच्ने फिफाको योजनाप्रति युइएफएको आपत्ति, विश्वकप बहिष्कारको चेतावनी

एजेन्सी— अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) ले विश्वकप र आफ्ना अन्य

आज कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय

‘हाम्रो आपसी सम्बन्ध र भाइचारामा दरार नआओस्’

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगन थापाले सुनसरीको देवानगन्ज घटनापछि

‘आवेग होइन विवेक प्रयोग गरौँ, घृणाको आगो निभाऔँ’

काठमाडौँ – पूर्वप्रधानमन्त्री एवं नेसपा अध्यक्ष डा. बाबुराम भट्टराईले तराई–मधेशका

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल साउन १५ गते शुक्रबार सन् २०२६