पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते « Khabarhub

पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते


१२ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा (एमाले) का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलका तर्फबाट सर्वोच्च अदालतमा दायर गरिएको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ यही असार १६ गते हुने भएको छ ।

पौडेलकी श्रीमती दोमाया पौडेलले उनलाई गैरकानुनी रुपमा थुनामा राखिएको उल्लेख गर्दै यही असार १० गते अदालतमा रिट निवेदन दिएकी थिइन् । 

उक्त रिटका  सम्बन्धमा न्यायाधीश श्रीकान्त पौडेलको इजलासले असार १५ गते महान्यायाधिवक्ताको कार्यालयसँग लिखित जवाफ माग गर्ने र असार १६ गते सुनुवाइ गर्ने आदेश दिएको हो । 
          
उपाध्यक्ष पौडेललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा यही असार ८ गते सुर्खेतबाट पक्राउ गरी यही असार ९ गते विशेष अदालत काठमाडौँमा उपस्थित गराइएको थियो ।
          
विशेष अदालतले अनुसन्धानका लागि सात दिन हिरासतमा राख्न अनुमति दिएको छ । नेता पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ ।
 

प्रकाशित मिति : १२ असार २०८३, शुक्रबार  २ : ३३ बजे

नवलपुरका दुई पालिकाले उद्धार कोषमा २३ लाख प्रदान गर्ने

नवलपुर– रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित बनेकाहरूका लागि

नेपाल टेलिकमको त्रिशूली थ्रीए साइट पुनः सञ्चालनमा

काठमाडौं– नेपाल टेलिकमले रसुवाको त्रिशूली थ्रीए जलविद्युत् आयोजनासँगै रहेको टावरमार्फत

भोटेकोशी बाढीपछि परराष्ट्रमन्त्री खनालको सर्बिया भ्रमण स्थगन

काठमाडौं– रसुवा, नुवाकोटलगायत क्षेत्रमा बुधबार आएको विनाशकारी बाढीपछि परराष्ट्रमन्त्री शिशिर

एक सय बढी एम्बुलेन्स घाइतेको उद्धार र शव व्यवस्थापनमा

चितवन– भोटेकोशी बाढीबाट घाइते भएका र मृत्यु भएकाहरूको उद्धार र

त्रिशूली–३ को सुरुङबाट ४३ विदेशीसहित २०८ जना उद्धार

काठमाडौं– रसुवाको भोटेकोशी बाढीका कारण प्रभावितहरूको उद्धारका क्रममा नेपाली सेनाका