हिजबुल्लाहको दाबी : शान्ति सम्झौता अमेरिका र इजरायलको हार « Khabarhub

हिजबुल्लाहको दाबी : शान्ति सम्झौता अमेरिका र इजरायलको हार


१२ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

बेरुत- हिजबुल्लाहका प्रमुख नईम कासिमले इरान दृढतापूर्वक अडिग रहेर अन्ततः अमेरिकासँग सम्झौतामा पुगेको बताएका छन्।

उनले यसलाई अमेरिका र इजरायलको हारको रूपमा व्याख्या गरेका छन्। अल जजिराका अनुसार कासिमले इजरायलले कुनै पनि सर्तबिना लेबनानबाट फिर्ता हुनुपर्ने बताएका छन्।

उनले लेबनानी सरकारलाई अमेरिका र इजरायलको दबाब तथा निर्देशन मान्न छाडेर साझा शत्रुविरुद्ध एकजुट हुन आग्रह गरेका छन्।

कासिमले इजरायल केवल मिसाइलको खतरा भएकाले मात्रै लेबनानमा नरहेको, बरू लेबनानका केही भूभाग कब्जा गर्ने उद्देश्य राखेको दाबी पनि गरेका छन्।

इजरायल–लेबनान वार्ता हुँदै

अमेरिकाको मध्यस्थतामा इजरायल र लेबनानबीच जारी वार्ता, जुन बुधबार राति सकिने अपेक्षा गरिएको थियो, अब बिहीबार वाशिङ्टनमा पुनः सुरु हुनेछ।

यो यस साताको पाँचौं चरणको वार्ता हो। यसमा अमेरिका समर्थित प्रस्तावमाथि छलफल भइरहेको छ । जसको उद्देश्य इजराइल र हिजबुल्लाहबीचको द्वन्द्व अन्त्य गर्नुका साथै इजरायली सेनाले कब्जामा राखेका केही क्षेत्र लेबनानी सेनालाई हस्तान्तरण गर्नु हो।

अमेरिकी विदेश मन्त्रालयका एक अधिकारीले इजरायलले दक्षिणी लेबनानको बफर जोनको केही भागबाट पछि हट्दै सकारात्मक कदम चालेको दाबी गरेका छन्। तर लेबनानी सेनाले त्यस्तो कुनै कदम नभएको जनाएको छ।

इजरायली अधिकारीहरूले हिजबुल्लाहलाई निःशस्त्र नबनाइएसम्म र उसको खतरा कायम रहुञ्जेल आफ्नो सेना पछि नहट्ने बताएका छन्।

दक्षिणी लेबनानमा घरहरूमा बुलडोजर

लेबनानको सरकारी समाचार एजेन्सीका अनुसार इजरायली सेनाले दक्षिणी लेबनानको नबातियेह जिल्लाको मरकबा क्षेत्रमा सैन्य कारबाहीका क्रममा धेरै घरमा बुलडोजर चलाउनुका साथै केही घरमा आगो लगाएको छ।

प्रकाशित मिति : १२ असार २०८३, शुक्रबार  २ : ४४ बजे

देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं – बाढी, पहिरोलगायतका विपद् तथा जनस्वास्थ्यमा पर्न सक्ने जोखिमलाई

कांग्रेस काठमाडौँ महानगर सभापतिमा वैद्य निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेसको स्थानीय तह अधिवेशनका क्रममा काठमाडौँ महानगरपालिकाको

राष्ट्रसंघमा इरानी राष्ट्रपतिले भने : आत्मसमर्पण गर्दैनौँ

न्युयोर्क – इरानका राष्ट्रपति मसुद पेजेस्कियन संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा

भारी वर्षाको जोखिम : आवश्यकताअनुसार विद्यालय बिदा गर्न मन्त्रालयको आग्रह

काठमाडौं – शिक्षा तथा खेलकुद मन्त्रालयले भारी वर्षा तथा सम्भावित

सीको वासिङ्टन आगमनमा ट्रम्पले विमानस्थलमै स्वागत गर्ने

वाशिङ्टन – चिनियाँ राष्ट्रपति सी जिनपिङ बुधबार वासिङ्टन आइपुग्दा अमेरिकी