रास्वपा महाधिवेशनमा मतदानको समय साढे चार बजेसम्म थपियो « Khabarhub

रास्वपा महाधिवेशनमा मतदानको समय साढे चार बजेसम्म थपियो


१२ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो ऐतिहासिक राष्ट्रिय महाधिवेशन अन्तर्गत दोस्रो चरणको निर्वाचनको मतदान समय शुक्रबार दिउँसो साढे चार बजे सम्मलाई थप गरिएको छ । पार्टीको केन्द्रीय निर्वाचन आयोगले आज एक विज्ञप्ति जारी गर्दै पूर्वनिर्धारित समय तालिकामा संशोधन गरी मतदानको अवधि बढाएको हो ।

पूर्वनिर्धारित कार्यतालिका अनुसार आज बिहान १० देखि दिउँसो २ बजेसम्म मात्रै मतदानको समय तोकिएको थियो । तर, मतदाताहरूको पहुँच तथा उपस्थितिमा देखिएको व्यावहारिक असहजतालाई मध्यनजर गर्दै आयोगले समय थप्ने निर्णय गरेको हो । सम्पूर्ण मतदाताहरूलाई सहज रूपमा मतदान गर्ने अवसर मिलोस् भन्ने उद्देश्यले मतदानको समयावधि दिउँसो ४:३० बजेसम्मका लागि थप गरिएको व्यहोरा जानकारी गराइएको छ ।

रास्वपा केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन के.सीले मतदान प्रक्रियालाई थप व्यवस्थित र समावेशी बनाउनका लागि यो कदम चालिएको जानकारी दिएका छन् । निर्वाचन आयोगले सम्बन्धित सबैलाई निर्धारित नयाँ समयभित्रै मतदान प्रक्रियामा सहभागी हुन समेत आग्रह गरेको छ ।

प्रकाशित मिति : १२ असार २०८३, शुक्रबार  ३ : ४४ बजे

नवलपुरका दुई पालिकाले उद्धार कोषमा २३ लाख प्रदान गर्ने

नवलपुर– रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित बनेकाहरूका लागि

नेपाल टेलिकमको त्रिशूली थ्रीए साइट पुनः सञ्चालनमा

काठमाडौं– नेपाल टेलिकमले रसुवाको त्रिशूली थ्रीए जलविद्युत् आयोजनासँगै रहेको टावरमार्फत

भोटेकोशी बाढीपछि परराष्ट्रमन्त्री खनालको सर्बिया भ्रमण स्थगन

काठमाडौं– रसुवा, नुवाकोटलगायत क्षेत्रमा बुधबार आएको विनाशकारी बाढीपछि परराष्ट्रमन्त्री शिशिर

एक सय बढी एम्बुलेन्स घाइतेको उद्धार र शव व्यवस्थापनमा

चितवन– भोटेकोशी बाढीबाट घाइते भएका र मृत्यु भएकाहरूको उद्धार र

त्रिशूली–३ को सुरुङबाट ४३ विदेशीसहित २०८ जना उद्धार

काठमाडौं– रसुवाको भोटेकोशी बाढीका कारण प्रभावितहरूको उद्धारका क्रममा नेपाली सेनाका