रास्वपा महाधिवेशनमा मतदानको समय साढे चार बजेसम्म थपियो « Khabarhub

रास्वपा महाधिवेशनमा मतदानको समय साढे चार बजेसम्म थपियो


१२ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो ऐतिहासिक राष्ट्रिय महाधिवेशन अन्तर्गत दोस्रो चरणको निर्वाचनको मतदान समय शुक्रबार दिउँसो साढे चार बजे सम्मलाई थप गरिएको छ । पार्टीको केन्द्रीय निर्वाचन आयोगले आज एक विज्ञप्ति जारी गर्दै पूर्वनिर्धारित समय तालिकामा संशोधन गरी मतदानको अवधि बढाएको हो ।

पूर्वनिर्धारित कार्यतालिका अनुसार आज बिहान १० देखि दिउँसो २ बजेसम्म मात्रै मतदानको समय तोकिएको थियो । तर, मतदाताहरूको पहुँच तथा उपस्थितिमा देखिएको व्यावहारिक असहजतालाई मध्यनजर गर्दै आयोगले समय थप्ने निर्णय गरेको हो । सम्पूर्ण मतदाताहरूलाई सहज रूपमा मतदान गर्ने अवसर मिलोस् भन्ने उद्देश्यले मतदानको समयावधि दिउँसो ४:३० बजेसम्मका लागि थप गरिएको व्यहोरा जानकारी गराइएको छ ।

रास्वपा केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन के.सीले मतदान प्रक्रियालाई थप व्यवस्थित र समावेशी बनाउनका लागि यो कदम चालिएको जानकारी दिएका छन् । निर्वाचन आयोगले सम्बन्धित सबैलाई निर्धारित नयाँ समयभित्रै मतदान प्रक्रियामा सहभागी हुन समेत आग्रह गरेको छ ।

प्रकाशित मिति : १२ असार २०८३, शुक्रबार  ३ : ४४ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र